हेरिटेज नेपाल न्यूज

उपचारको लागि रकम पुग्यो : साम्बा

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १३ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि रकम पुगिसकेको बताएकी छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले उपचारका लागि पाएको अपार साथ, विश्वास र आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दै अब सहयोग रकम रोकिदिन आग्रह गरेकी हुन्। उनले पछिल्लो २४ घन्टामा पाएको माया र समर्थनलाई शब्दमा व्यक्त गर्न नसकिने बताएकी छन्।
साम्बाका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) संकलन भएको छ। ‘विभिन्न संघ–संस्था तथा प्रायोजकहरूले नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ। कतारमा उपचारका क्रममा आवास र यातायात व्यवस्थापनका लागि पनि सहयोग सुनिश्चित भइसकेको छ। त्यसैले आजैदेखि दुवै खातामा सहयोग रकम जम्मा गर्न रोकिदिन आग्रह गर्छु,’ उनले भनेकी छन्।

न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबबाट अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्ने क्रममा साम्बा गत पुस तेस्रो साता घाइते भएकी थिइन्। उनी ब्रिस्बेन रोअरविरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किएकी हुनन्।
उनको दाहिने घुँडाको एसीएल पूर्ण रूपमा च्यातिएको छ। सिजनका सबै खेल गुमाएकी उनलाई यो चोट निको भएर पुन: मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ। तर, दुई महिनासम्म पनि उपचार नभएपछि साम्बाले सामाजिक सञ्जालमार्फत एन्फाले कतारस्थित एस्पटर हस्पिटलमा उपचार गर्न जान सहयोग नगरेको भन्दै समर्थकसँग आर्थिक रकम जुटाइदिन अपिल गरेकी थिइन्। त्यसयता आर्थिक सहयोग जुटिरहेको थियो। उनी आबद्ध क्लबले शल्यक्रिया र पुनर्स्थापनाका लागि बीमा रकम निकासा गर्नुका साथै थप सहयोग गरिरहेको छ। चाँडै नै शल्यक्रियाको मिति तय भएर प्रक्रिया अघि बढ्नेमा उनी विश्वस्त छिन्।
यो चोटले आफूलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि थकाएको उल्लेख गर्दै समर्थकहरूको साथले फेरि उठ्ने साहस दिएको साम्बाले बताइन्। ‘म फर्कनेछु, अझ मजबुत भएर फर्कनेछु,” उनले भनिन्,‘पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं, १७ फागुन । नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। निर्वाचन बिथोल्न खाजेको आरोपमा...