हेरिटेज नेपाल न्यूज

जितेन्द्र रसिकको बाल उपन्यास ‘साइबोर्ग’ लोकार्पण

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २९ माघ । साहित्यकार जितेन्द्र रसिकको १८ ओैँ कृति बाल उपन्यास ‘साइबोर्ग’ लोकार्पण भएको छ । बुधबार इर्टनल पब्लिकेसनका प्रकाशक यमुना पराजुली र एजुकेशन पब्लिसिङ बुक हाउस काठमाडौं जमलका प्रतिनिधि तथा व्यवस्थापकहरू शितल सुकुभटु, रमण राउट, भजन राउट लगायतले  संयुक्तरूपमा उपन्यास लोकार्पण गरेका हुन् ।

साइबोर्ग उपन्यास  साहित्यकार  जितेन्द्र रसिकको विज्ञान उपन्यास हो। यो उपन्यासमा विज्ञानको उन्नतिले भविष्यमा कस्तो अवस्था सिर्जना हुन सक्छ भन्ने सुन्दर परिकल्पनाहरू समावेश रहेको प्रकाशक यमुना पराजुलीले बताइन्। प्रविधिहरू, खासगरी आर्टिफिसिलय इन्टेलिजेन्सको चरम विकास हुँदै जांदा भाविष्यमा त्यसले मानव समुदाय माथि नै धावा बोल्ने त होइन भन्ने आशंकालाई यो विज्ञान उपन्यासने रोचक ढंगले उठाएको छ। के विज्ञानले मानिसलाई कहिल्यै नमर्ने बनाउन पनि सक्दछ ? भन्ने प्रश्नको पनि यसले तर्कसम्मत संभावनाहरू देखाएको  पराजुलीको भनाइ छ । बालबालिका र किशोरकिशोरीमा कल्पना, जिज्ञासा र तर्कशीलता बढाउनका लागि यो पुस्तक प्रभावकारी  बन्ने उपन्यासकार जितेन्द्र रसिकले बताएका छन् ।

यसअघि लेखक रसिकका बाल साहित्यमा एलियनको पृथ्वी भ्रमण (बालकथासङ्ग्रह), हावा फल्ने रूख (सचित्र बालकथा), एङ्ग्री बर्ड (बालकथा सङ्ग्रह), बेलबहादुरसँग बिहे (सचित्र बालकथा ३ संस्करण), गुलेली (बालकथासङ्ग्रह), हनुमानको करामत (सचित्र बालकथा), जाडुगर एआई (सचित्र बालकथा) प्रकाशित छन् । रसिकको उपन्यास,गजल, संस्कृति, जीवनी लगायत विधामा ११ कृति प्रकाशित छन् । उनका करिब १ दर्जन गीत गजल पनि रेकर्ड भइसकेका छन् । उनी नेपालभाषा संस्कृति र साहित्यको क्षेत्रमा पनि सक्रिय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...