अख्तियार प्रमुखलाई धम्क्याएका आरोपितलाई काठमाडौं ल्यायो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्चपदस्थ अधिकारलाई धम्की दिएको आरोपमा फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्चपदस्थ अधिकारलाई धम्की दिएको आरोपमा फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याएको हो ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएका उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पुस तेस्रो साता पक्राउ गरेको थियो । ‘कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धानका लागि बुधबार काठमाडौं ल्याइएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरिक्षक अविनारायण काफ्लेले भने, ‘जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान अघि बढ्नेछ ।’
जिल्ला अदालत, काठमाडौंमा १ डिसेम्बर २०२५ मा आपराधिक विश्वासघातको कसुरमा पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ‘फिलिपिन्सको अध्यागमनले प्राप्त गरेको आधिकारिक सूचना अनुसार उनले फरार कैदीहरुलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग दिने तथा हतियारसम्म पहुँच रहेको संकेत दिने अभिव्यक्ति दिएका थिए,’ उनलाई पक्राउ गरेपछि फिलिपिन्स अध्यागमनको वेबसाइटमा भनिएको थियो, ‘उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षडयन्त्रसँग पनि जोडिएको पाइएको छ ।’
फिलिपिन्सको अध्यागमन रेकर्ड अनुसार उनी १८ अगस्ट २०२५ मा त्यहाँ पुगेका थिए । उनलाई १८ डिसेम्बरसम्म त्यहाँ बसोबास गर्ने अनुमति थियो । पाठकलाई डिपोर्टको प्रक्रिया पूरा नभएसम्म अध्यागमनको हिरासतमा राखिने भनिएको छ ।
पाठकले आफूलाई उग्रवादी संगठनको प्रमुख भएको बताउँदै राईसहितको हत्या गर्ने धम्की दिएका थिए । उनका तीन जना साथीहरुलाईसमेत काठमाडौं प्रहरीले पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...