हेरिटेज नेपाल न्यूज

सात जना प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २० माघ । नइ एकेडेमीबाट नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत नेपाल भारतका सात जना स्रष्टालाई  ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । यी पुरस्कारका राशि जनही पच्चिस पच्चिस हजार रुपियाँ रहेका छन् । ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा.रमा शिवाकोटी, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.लेखराज खतिवडा, डा.गोपालप्रसाद गैरे, डा.भगवानचन्द्र ज्ञवाली, डा.नित्यानन्द खतिवडा र प्रा.डा.कृष्णराज घतानी छन् ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...