प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरमा स्थानान्तरण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १९ माघ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) भक्तपुरमा स्थानान्तरण भएको छ । २०७५ पुस २९ गते स्थापना भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला यसअघि काभ्रेपलान्चोकको धुलिखेलस्थित एक विद्यालयमा संचालित थियो । जनस्वास्थ्य प्रयोगशालाका लागि काभ्रेपलान्चोकमा जग्गा उपलब्ध नभएपछि बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापा मगरको पहलमा भवन निर्माणका लागि भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित ५ रोपनी क्षेत्रफल जग्गा उपलब्ध निश्चित  भएपछि प्रयोगशाला भक्तपुरमा स्थानान्तरण भएको हो । हाललाई उक्त प्रयोगशालाको कार्यालय साविक गणेश माध्यमिक विद्यालयको भवनमा संचालनमा रहने प्रयोगशालाका निर्देशक नारायण बहादुर कार्कीले जानकारी दिए ।
बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापा मगरले जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ उपत्यकालाई विशेष रूपमा केन्द्रित गर्दै सोमबारबाट औपचारिक रूपमा शुभारम्भ गरिएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले प्रयोगशालाको सञ्चालनले रोग निदानलाई थप प्रभावकारी, सहज र समयमै सेवा प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गरे ।
२०८२ माघ ८ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माणका लागि भक्तपुरमा उक्त जग्गा उपयोग गर्न दिइएको हो। नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका-८ साविक नंखेल गाविस-१ कित्ता नम्बर ७८२ को १० रोपनी १ आना जग्गा मध्येको ५ रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि प्रयोगशालालाई उपयोग गर्न स्वीकृत दिने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ। उक्त भवन निर्माणका लागि ११ करोड रूपैयाँ बजेट विनियोजित भईसकेको समेत निर्देशक कार्की बताउँछन् । ‘भवन निर्माणका लागि जग्गा खोजेर थाकिकेका थियौं, ठाउँ अभावले मेसिन थन्किएको अवस्था थियो,’ निर्देशक कार्कीले भने, ‘स्वास्थ्यमन्त्री थापा मगरको पहलमा भवन बन्ने भयो । सुकुम्बासीबाट घर बन्ने भयो ।’
उक्त प्रयोगशाला कार्यालयले बागमती प्रदेशका १३ वटै जिल्लाभित्र संचालित करिब १ हजार २ सय ल्याबको निगरानी गर्ने, क्यान्सर जाँच, लिपिट प्रोफाइल, मृगौला/कलोजो, प्याङ्कृयाजलगायत ९६ वटा नमूना परिक्षण गर्न सकिने जनाएको छ । यसबाहेक पिसिआरबाट इन्फ्लुएञ्जा सर्भिलेन्स, एचआईभी भाइरस परिक्षण, टिबी जाँच, एचपिभी भाइरस जाँच, कोभिड परिक्षण, एएमआर सर्भिलेन्सलगायतको परिक्षण गर्ने कार्यालयका उप-निर्देशक एवं मेडिकल ल्याव टेक्नोलोजिष्ट अनिल कुमार यादवले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...