हेरिटेज नेपाल न्यूज

बालेन्द्र शाहले बुझाए आयोगमा लिखित बयान

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २२ पुस । भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित समितिसमक्ष काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन्द्र शाहले लिखित बयान बुझाएका छन्। आयोगका सदस्य विज्ञानराज शर्माले आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान बुझाएको बताएका छन् । ७ पुसमा शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका थिए । भदौ २३ र २४ गतेको घटनामा छानबिन गरिरहेको आयोगले उनलाई बोलाएपछि उनले बयान दिएका थिए । आयोग स्रोतका  त्यतिबेला  उनीसँग करिब २ घन्टा सोधपुछ गरिएको थियो ।  २३ गतेको घटना देखि २४ गतेको घटना हुदाँ कहाँ हुनुहुन्थ्योदेखि सामाजिक सञ्जालका विषयसम्म आयोगले सोधेको थियो । आयोगले सिंहदबार जलाउने प्रसंगदेखि महानगरको सुरक्षा र दमकल समयमा नपुगेको गुनासोसम्ममा प्रश्न सोधेको थियो । शाहले के जवाफ दिए भन्नेबारे केही बताउन नमिल्ने भन्दै आयोगले खुलाउन चाहेन ।

आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित बयान लिएको थियो । आयोगका प्रवक्ता विज्ञानराज शर्माले बयानको क्रम अब अन्त्यतिर रहेको बताए । आयोगले फिल्डमा खटिएका प्रहरी, जेन-जी प्रतिनिधिदेखि प्रधानमन्त्रीसम्मको बयान लिइसकेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई पनि आयोगले एक साताको म्याद दिएर लिखित प्रश्न पठाइसके पनि जवाफ पाइसकेको छैन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...