सूर्यविनायक नगरपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुँदै

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १२ माघ । सूर्यविनायक नगरपालिकामा मङ्गलबारदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । तीनदिनसम्म चल्ने सूर्यविनायक नगरपालिका तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ मा नगर क्षेत्रका ३६ विद्यालयका करिब एक हजार विद्यार्थी सहभागी हुने छन् । छ वटा खेल समावेश गरिएको प्रतियोगिताको उद्घाट्न सुर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले गर्नेछन् ।

सुर्यविनायक नगरपालिका-६ स्थित बनाचौर खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको सूर्यबिनायक नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले बताए । सूर्यविनायक नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न माघ ११ गते तयारी बैठक बसेको उनले बताए । उक्त प्रतियोगिताको उद्घाटन समारोह सुवर्णेश्वर आधारभुत विद्यालयसँगै रहेको बनाचौर खेलमैदान हुने जनाइएको छ ।

एथलेटिक्स खेलतर्फका सम्पूर्ण विधाहरू संकटा फुटबल ग्राउन्ड सुनपा १० मा हुनेछ भने भलिबल सूर्यविनायक युथ क्लब खेलमैदान सुनपा ८ मा हुनेछ । त्यसैगरी  कबड्डी  सुवर्णेश्वर आधारभूत मावि सुनपा ६ मा तथा उसु कराते तेक्वान्डो अरनिको मावि सुनपा ४ मा हुने थापाले बताए ।
यसैबीच राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ लाई मध्यनजर गर्दै समितिको पहलमा सूर्यविनायक नगर प्रहरीबल, श्री रणशेण गण सूर्य विनायक ब्यारेक र नेप्सेम्याकको सहयोगमा सूर्यविनायक-६ स्थित बनाचौर  खेलमैदान वरिपरि सरसफाई गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...