हेरिटेज नेपाल न्यूज

जेन-जी आन्दोलनका क्रममा फरार २ कैदी पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ४ पुस । भदौ २४ को जेन-जी आन्दोलनमा जगन्नाथदेवल सुन्धारा कारागारबाट फरार भएका २ जना कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-१ बस्ने ४६ वर्षीय श्यामलाल कँडेल र नुवाकोटको शिवपुरी गाउँपालिका-६ घरभई काठमाडौंको बानियाटार बस्ने ३० वर्षीय विनोद केसी भन्ने विनोद गौतम छन् ।

<span;>प्रहरीका अनुसार डंगोल मानव बेचबिखन मुद्दामा ३२ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् । ९ वर्ष कैद भुक्तान गरिसकेका डंगोलले अझै २३ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी छ ।
<span;>यसैगरी, विनोद अपहरण शरीर बन्धक, डाँका र संगठित अपराधमा १३ वर्ष ६ महिना कैद सजाय सुनाइएका व्यक्ति हुन् । ३ वर्ष  सजाय भुक्तान गरी सकेका विनोदले अझै  १० वर्ष ६ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ ।

<span;>केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बिहीबार उनीहरूलाई टोखाको टोखाचण्डेश्वरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठका अनुसार पक्राउ परेका दुवैलाई कैद भक्तानका लागि जगन्नाथदेवल सुन्धारा पेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...