हेरिटेज नेपाल न्यूज

बागीश्वरी माविमा निःशुल्क जन्मजात हृदयरोगको प्रारम्भिक परीक्षण उपचार शिविर सञ्चालन

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, ८ पुस । भक्तपुर नगरपालिकाको आयोजना र मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा आज भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण शिविर मङ्गलबारबाट शुरु भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख प्रजापतिले मुटु शरीरको अत्यन्त महत्वपूर्ण र संवेदनशील अंग भएको हुँदा मुटुमा हुने कुनै पनि किसिमको समस्याले मानव जीवनलाई नै जोखिममा कम गर्न सक्ने हुँदा सजग हुनुपर्ने बताएका छन्।

मङ्गलबारबाट ४ दिन सञ्चालन हुने मुटुरोगको प्रारम्भिक परीक्षण शिविरमा भक्तपुरका ३५ हजारभन्दा बढीको मुटु परीक्षण हुने बताउँदै उनले भविष्यमा हुने जोखिम नियन्त्रणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताए। अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. बसन्त पञ्चले मुटु परीक्षण शिविर सञ्चालनसँगै भक्तपुरमा सम्भाव्यता अध्ययनमा पनि जोड दिने बताए।
कार्यक्रममा नगर शिक्षा शाखा भक्तपुरका रामेश्वर मचामसीले बागीश्वरी मावि-कलेज केन्द्रमा बागीश्वरी मावि, अमरज्योति ज्ञानकुञ्ज आधारभूत विद्यालय, कमलविनायक स्कूल, ग्लोबल लाइफ स्कूल, विज्डम इ. स्कूल, मनकामना इ. सेकेन्डरी स्कूल, समता शिक्षा निकेतन इ. स्कूल र पारागण एकेडेमीका करिब ३ हजार ६३६ जना विद्यार्थीको मुटुको परीक्षण गरिने अवगत गराए। शिविरमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...