हेरिटेज नेपाल न्यूज

रतन देवकोटाले सुनाए ‘जदौ हजुर’ भन्दै कर्णालीको पीडा

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २५ मंसिर । ‘झर्‍यो भुइँमा टोपी हजुर, निउरिँदा शिर कस्लाई सुनाऊँ, कहाँ सुनाऊँ, कर्णालीको पीर’ सातौं संस्करणको किताब जात्रा महोत्सवमा जदौ ब्याण्डका गायक रतन देवकोटाले कर्णालीको गाथालाई यसरी सुनाएका छन्।

देवकोटाको लेखन, संगीत रहेको गीत केही समयअघि सार्वजनिक भएको थियो। प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा उक्त गीतमा देवकोटाले कर्णालीको दुःख, पीडा र त्यहाँका जनताको जीवनका व्यथालाई पोखेका थिए। उनको स्वरले माहोल निकै भावुक भनाएको थियो।

गीतैमार्फत उनले कर्णालीको पीडामा सरकारको उदासिनता, जनताको कठिन जीवनदेखि छिमेकी देशको विकाससम्मको कुरा प्रस्तुत गरेका थिए। छिमेकी देश चन्द्रामा पुग्दा रोग र भोकको त्रासमा रहेको कर्णालीमा मोटरबाटो र औषधि समेत नपुगेको यथार्थ गीतमा सुनिदै गर्दा माहोल अझै शून्य बन्यो। कार्यक्रममा जदौ ब्याण्ड समूहले कम्पनी माला गीतसमेत प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...