हेरिटेज नेपाल न्यूज

रतन देवकोटाले सुनाए ‘जदौ हजुर’ भन्दै कर्णालीको पीडा

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २५ मंसिर । ‘झर्‍यो भुइँमा टोपी हजुर, निउरिँदा शिर कस्लाई सुनाऊँ, कहाँ सुनाऊँ, कर्णालीको पीर’ सातौं संस्करणको किताब जात्रा महोत्सवमा जदौ ब्याण्डका गायक रतन देवकोटाले कर्णालीको गाथालाई यसरी सुनाएका छन्।

देवकोटाको लेखन, संगीत रहेको गीत केही समयअघि सार्वजनिक भएको थियो। प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा उक्त गीतमा देवकोटाले कर्णालीको दुःख, पीडा र त्यहाँका जनताको जीवनका व्यथालाई पोखेका थिए। उनको स्वरले माहोल निकै भावुक भनाएको थियो।

गीतैमार्फत उनले कर्णालीको पीडामा सरकारको उदासिनता, जनताको कठिन जीवनदेखि छिमेकी देशको विकाससम्मको कुरा प्रस्तुत गरेका थिए। छिमेकी देश चन्द्रामा पुग्दा रोग र भोकको त्रासमा रहेको कर्णालीमा मोटरबाटो र औषधि समेत नपुगेको यथार्थ गीतमा सुनिदै गर्दा माहोल अझै शून्य बन्यो। कार्यक्रममा जदौ ब्याण्ड समूहले कम्पनी माला गीतसमेत प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...