हेरिटेज नेपाल न्यूज

‘क्यानभास अफ लेटर्स’ सार्वजनिक

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २५ मंसिर । महेश बाबु तिमल्सिनाको कवितासंग्रह ‘क्यानभास अफ लेटर्स’ पुस्तक सार्वजनिक भएको छ । यात्रा पब्लिसिङ हाउसबाट प्रकाशित पुस्तकलाई किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राका अवसरमा बिहीबार लेखक तिमल्सिना, प्राध्यापक डा.जयराज आचार्य, पत्रकार टिकाराम यात्री, कवि विप्लभ प्रतीकलगायतकाले संयुक्त रुपमा विमोचन गरेका हुन् । कवितासंग्रहलाइ लेखक तिमल्सिनाका छोरा सम्राटबाबु तिमल्सिनाले अंग्रेजीमा अनुवाद गरेका छन् ।

प्राध्यापक डा. आचार्यले ‘अमर कृति मुनामदनलाई एआईले लेख्न सक्छ कि सक्दैन ?’ भन्ने प्रश्न गर्दै पछिल्लो प्रविधि रोबर्ट र आईको प्रसंग निकाल्दै साहित्य सिर्जनाप्रति चिन्ता र चासो व्यक्त गरे ।

कवि प्रतीक अधिकांश सन्तानलाई पिता नायक जस्तो लाग्छ भन्दै आफ्नो पितालाई स्मरण गरे । सन्तानले पितालाई गर्नुपर्ने सम्मान, स्नेह विरलैले व्यक्त गर्न पाउने उनले बताए । पत्रकार यात्रीले जनविश्वास गुमाउ“दै गएको आजको पत्रकारिता पेशाप्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा लेखक तिमल्सिना र उनका छोराले नेपाली र अंग्रजी कविताहरु समेत प्रस्तुत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...