हेरिटेज नेपाल न्यूज

सुनको सिक्री लुटपाट गर्ने व्यक्ति पेस्तोलसहित पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १० मंसिर । काठमाडौं नागार्जुन नगरपालिका-३ ठूलो भर्‍याङमा एक जना महिलाको सुनको सिक्री लुटपाट गरेको घटनामा संलग्न व्यक्तिमध्ये एक जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा घर भई काठमाडौं तारकेश्वर–८ पिपलडाँडामा डेरा गरी बस्ने ३९ वर्षीय टाशी गुरूङ छन्।
गुरूङले मंसिर १ गते दिउँसो करिब १५:२८ बजेको समयमा एक महिलाको १.५ तोला सुनको सिक्री लुटपाट गरेर फरार भएका थिए। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंसिर ९ गते साँझ २०:०० बजे तारकेश्वर-८ जरखु क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउपछि सँगै उनको डेरा कोठामा खानतलासी गर्दा अवैध हतियारसहित विभिन्न सामग्री फेला परेको प्रहरीले जनाएको छ।
उनको साथबाट ७.६५ अटो पेस्तोल एक थान, म्याग्जिन-१ थान, गोली-६ थान, पेस्तोल पोज-१ थान, कालो रंगको स्कुटर (प्रदेश ३०२-००५ प ४०७१)-१ थान, खुकुरी-१ थान, औंठी-१ थान, चस्मा-१ थान, लुटपाटमा प्रयोग भएका कपडा, जुत्ता र हेल्मेट, नम्बर प्लेट (प्रदेश ३०२-००४ प २७३५)-१ थान, स्क्रुडाइभर र टी-रेन्च-१/१ थान बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका गुरूङको आपराधिक पृष्ठभूमि समेत रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी विरूद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले फरार रहेका अर्का व्यक्ति खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख ६० हजार बढीको दरखास्त

काठमाडौं, १ माघ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख...

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...