हेरिटेज नेपाल न्यूज

अवैध जडिबुटी र २० लाख नगद सहित दुई जना पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ९ मंसिर । काठमाडौंबाट यार्सागुम्बा, वन-लसुन, किटपतंग (किरा), गुच्ची च्याउलगायत अवैध जडिबुटी सहित दुई जना पक्राउ परेका छन्। यार्सागुम्बा लगायत विभिन्न जडिबुटी अवैध रूपमा संकलन गरी बिक्री वितरण गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
पक्राउ पर्नेहरूमा काठमाडौंको नयाँ बजार बस्ने ३६ वर्षीय नबिला बानु र चिनियाँ नागरिक ३७ वर्षीय मा मासु छन्। उनीहरूबाट २० लाख नगद पनि बरामद भएको जनाएको छ। ९ किलो ३६० ग्राम यार्सागुम्बा, १५७ किलो वन लसुन, १०१ किलो किटपतंग, ७ किलो ९०० ग्राम गुच्ची च्याउ, गुन्द्रुक जस्तो ७ किलो ५०० ग्राम, तौलिने मेसिन लगायत प्रहरीले बरामद गरेको छ। उनीहरूमाथि वन ऐन, २०७६ अनुसार अनुसन्धान गर्न डिभिजन वन कार्यालय हात्तीसारमा पठाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख ६० हजार बढीको दरखास्त

काठमाडौं, १ माघ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख...

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...