हेरिटेज नेपाल न्यूज

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।
जसमा ३३ थान मोटरसाइकल र १८ थान स्कुटर छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला पारिएको ट्राफिकका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए।
काठमाडौं उपत्यकास्थित गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभु, लगायतका विविध स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो।

बिहीबार बुझाइएका ५१ वटासहित ९१ वटा सवारी साधन गत साउन यता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ। चोरीका ९ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १९ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...