स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

Date:

Share post:

Suryabinayak Nagarpalika

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले डिजिटल स्वास्थ्य सेवादेखि विशेषज्ञ सेवामा जोड दिने भएको हो ।
मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले हेटौँडामा आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीले प्रदेशको स्वास्थ्य सेवालाई प्रविधिमैत्री, सर्वसुलभ र गुणस्तरीय बनाउने सङ्कल्प गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ देखि प्रदेश मातहतका सबै अस्पताल र आयुर्वेद चिकित्सालयहरूमा ‘इलेकट्रोनिक्स मेडिकल रेकर्ड प्रणाली पूर्ण रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ भने ‘बागमती प्रदेश हेल्थ डिजिटालाइजेसन’ को अवधारणा अन्तर्गत भक्तपुर, हेटौँडा र त्रिशूली अस्पताललाई प्रदेशको हब अस्पतालको रूपमा विकास गरी टेलिमेडिसिन सेवा सुरु गरिने भएको हो । सो हब अस्पतालहरूले प्रदेश र स्थानीय तहका कम्तीमा १५ वटा अन्य अस्पताललाई स्याटेलाइट (स्पोक) अस्पतालको रूपमा जोडेर दूर चिकित्सा सेवा प्रदान गर्ने योजना रहेको छ ।
यसैगरी, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ भने स्थानीय तहसँगको सहकार्यमा प्रदेशका सबै वडाहरूमा नसर्ने रोगको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ । साथै, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरा लागि’ जस्ता सचेतना अभियानका साथै योग, ध्यान र प्राणायाम कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ ।
प्रदेशका सबै अस्पतालहरूमा विशेषज्ञ चिकित्सा सेवा सुनिश्चित गर्न ‘प्रदेश विशेषज्ञ चिकित्सा सेवा प्रोत्साहन कार्यक्रम’ लागू गरिने प्रतिबद्धता रहेको छ भने स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दुर्गम स्थानहरूमा स्थानीय तहसँगको समन्वयमा विशेषज्ञसहितको एकीकृत स्वास्थ्य तथा पोषण प्रवर्धन अभियान चलाइनेछ । उक्त कार्यका लागि निजी अस्पतालहरूलाई समेत उत्तरदायी बनाइने गोष्ठीको निष्कर्ष रहेको छ ।
स्वास्थ्य सुशासनमा पनि विशेष जोड दिँदै ‘प्रदेश स्वास्थ्य सुशासन सूचक’ तयार गरी सबै स्वास्थ्य कार्यालयहरूको मूल्याङ्कन गर्ने, पारदर्शिता र जबाफदेहिता बढाउन सबै प्रकारका खरिद प्रक्रियालाई बोलपत्रमार्फत अघि बढाउने र पुराना तथा काम नलाग्ने उपकरणहरूलाई लिलामी गरी जिन्सी प्रणालीलाई व्यवस्थित गर्ने, काठमाडौँ उपत्यका तथा ठुला सहरहरूमा अस्थायी बसोबास गर्ने तथा चलायमान समुदायका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न विशेष नक्सांकन गरी सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने प्रतिबद्धता गरिएको छ ।
आपत्कालीन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको सुदृढीकरण र सबै जिल्लाका स्वास्थ्य आपत्कालीन कार्ययोजनालाई अद्यावधिक गर्ने, प्रदेश स्वास्थ्य नीति, २०८१, प्रदेशको दोश्रो आवधिक योजना तथा स्वास्थ्यसम्बन्धी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लक्ष्यहरू हासिल गर्न केन्द्रित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...