प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनीमाथि प्रहरीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रभु म्यानेजमेन्ट प्रालिको नाममा रहेको सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नाममा शंकास्पद रूपमा रकमहरू जम्मा भएका थिए। १० लाख रुपैयाँ नबढ्ने गरी ९ लाख ९९ हजार ५०० रुपैयाँको दरले पटकपटक रकम पठाइएको थियो।
रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेन्टले रकम भुक्तानी मात्रै गर्नु पर्नेमा एकैदिन पटकपटक उक्त बैंक खातामा रकम जम्मा भएको थियो। रेमिटको कारोबारको आवरणमा अवैध रूपमा विप्रेषण बापत प्राप्त हुने रकम हुण्डीमार्फत प्राप्त गरी हिसाब मिलान गरेको आरोपमा प्रहरीले महाजुलाई पक्राउ गरेको हो। उनी म्यानेजमेन्टका पूर्वसेयरधनी समेत हुन्। उनलाई प्रहरीले ललितपुरको गोदावरीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...