हेरिटेज नेपाल न्यूज

जेन-जी आन्दोलनमा प्रहरी कार्यालय ताेडफोड, आगजनीमा संलग्न तीन पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २४ कार्तिक । भक्तपुरमा जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड र आगजनी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । २०८२ भदौ २४ गते सूर्यविनायक–८ जगातीस्थित प्रहरी वृत्त जगाती र चाँगुनारायण–७ को प्रहरी प्रभाग खरिपाटीमा तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–९ पलासेका सुदिप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर भई हाल भक्तपुरमा बस्दै आएका छेकु लामा र चाँगुनारायण नगरपालिका–६ खरिपाटीका ४६ वर्षका सुरेश बास्तोला रहेको डीएसपी प्रकाश जबेगुले जानकारी दिए । उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...