हेरिटेज नेपाल न्यूज

गोंगबुबाट ३ करोड ७५ लाख नगद र सुनको ढिक्का सहित एक पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १७ भदौ । गोंगबुको एक घरबाट प्रहरीले ३ करोड ७५ लाख रुपैया नगद र सुनको ढिक्का सहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मङ्गलबार प्रहरीले उक्त अवैध रकमसहित सुनको ढिक्का बरामद गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार उक्त घरमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा रकम र सुन फेला परेको हो । ‘सूचनाकाे आधारमा छापा मार्दा ३ करोड ७५ लाख रुपैयाँ फेला परेका छौं । पैसा गन्ने क्रममा नै छौं,’ खनालले भने,‘पैसासँगै घरबाट सुनका ढिक्काहरु पनि बरामद भएका छन् ।’

त्यही घरबाट विनोदकुमार श्रेष्ठसमेत पक्राउ परेका छन् । प्रहरीले उनीसँग घटनाको बारेमा अनुसन्धान गरिरहेको बताएको छ । रकम कसको हो, कसले राखेको हो भन्नेबारे भने प्रहरीले अनुन्धान गरिरहेको खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...