चाँगुनारायण नगरपालिकाले थाल्यो सेवाको तयारी

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २७ भदौ । जेन-जी आन्दोलनपश्चात चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा निर्वाध रुपमा सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ। नगरप्रमुख जीवन खत्रीद्वारा जारी सार्वजनिक अपिलपत्रमा आन्दोलनका क्रममा शहीद भएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरिएको छ। साथै विभिन्न स्थानमा भएको हिंसात्मक घटना र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति दुःख प्रकट गरिएको छ।

तर, चाँगुनारायण नगर क्षेत्रमा भने जेन–जी समूहले शान्त, मर्यादित र सौहार्दपूर्ण ढंगले प्रदर्शन गरेको भन्दै नगरप्रमुख खत्रीले सहभागी युवाहरु, स्थानीय अगुवाहरु र नगरबासीप्रति आभार प्रकट गरेका छन्। बाह्य तत्वको प्रभावमा अराजक गतिविधि भए पनि क्षतिग्रस्त प्रहरी चौकीलाई सरसफाइ तथा मर्मत गरेर पुनः सञ्चालनमा ल्याउनु सकारात्मक पहल भएको उनको भनाइ छ।

नगरपालिकाले आन्दोलनपछि सामान्य जीवन सहज बनाउन संयमित र सचेत रहन नगरबासीलाई आग्रह गर्दै सरकारी, शैक्षिक, गैरसरकारी तथा निजी संस्थाहरुबाट सेवा प्रवाह निर्वाध बनाउने प्रतिबद्धता जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...