प्रधानसेनापति, मुख्यसचिव,प्रहरी महानिरीक्षक, अनुसन्धान विभाग प्रमुख, सशस्त्र प्रहरी महानिरीक्षकको सबैलाई संयमित हुन अपिल

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २४ भदौ । जेन-जी आन्दोलनले मुलुकको अवस्था जटिल बनेको भन्दै प्रधानसेनापति अशोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृहसचिव गोकर्णमणी दुवाडीले सार्वजनिक अपील गरेका छन् । उनीहरूले सामूहिक अपील जारी गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा सबैलाई संयमित हुन आग्रह गरेका छन् ।

‘हिजोदेखि काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ । यसबाट ज्यान गुमाउने व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् सम्बद्ध प्ररिवारजनमा गहीरो समवेदना व्यक्त गर्दछौं,’ अपीलमा भनिएको छ, ‘प्रधानमन्त्रीको राजीनामा स्वीकृतसमेत भएको हुँदा यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं ।’ मुलुकको पछिल्लो अवस्थाबारे संवादको माध्यमबाट निकास निकाल्नुपर्ने उनीहरूको अपील छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...