हेरिटेज नेपाल न्यूज

बागमतीका मेयर भरत थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

Date:

Share post:

काठमाडौं, २२ साउन । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले थापालाई दोषी ठहर गरेको हो । विशेष अदालतले नदीजन्य पदार्थ हानिनोक्सानी गरी भ्रष्टाचार गरको मुद्दामा थापासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, इन्जिनियर सागर पौडेल चौधरीलाई दोषी ठहर गरेको छ ।

मेयर थापा, विमलकुमार पोखरेल र सागर पौडेलले बागमती नगरपालिकाको मूल्य अभिवृद्धि करसहित बिगो ३० करोड २९ लाख ३४ हजार ८९७ को नदीजन्य पदार्थ हानिनोक्सानी गरेको देखिएको पनि फैसलामा उल्लेख छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको ठहर गरिएको छ ।

कसुरबापत हुने सजायको हकमा सजाय निर्धारण प्रयोजनार्थ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ बमोजिम सुनुवाइका लागि भदौ २९ मा पेस गर्न आदेश भएको छ । विशेषले उपमेयर लीलाकुमारी मोक्तान, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीलाई सफाइ दिएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अकुतमा पनि थापा दोषी ठहर
मेयर थापा गैरकानुनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । उनलाई एक वर्ष कैद र त्यति नै जरिवाना हुने ठहर अदालतले गरेको छ सो सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति जफत हुने पनि अदालतले आदेश दिएको छ ।

विशेषले थापाको सम्पूर्ण आय र व्यय मूल्यांकन गर्दा उनको आय ९ करोड १४ लाख ३१ हजार रुपैयाँ ९१ पैसा रहेकामा व्यय १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ १४ पैसा रहेको देखिएको फैसलामा उल्लेख छ । मेयर थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसाबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको प्रमाणित भएको फैसलामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...

आज महानवमी पर्व मनाउँदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष...

नवकुमारी आर्यतारा शाक्य

काठमाडौं, १४ असोज । नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा...