हेरिटेज नेपाल न्यूज

मध्यपुरथिमिले सार्वजनिक गर्यो निलबाराही मन्दिर संरक्षण कार्यान्वयन गरिने योजनाको थ्रीडी नक्सासहितको डिजाइन

Date:

Share post:

भक्तपुर, ४ भदौ । मध्यपुरथिमि नगरपालिकाले प्रसिद्ध धार्मिक, ऐतिहासिक तीर्थस्थल निलबाराही क्षेत्र संरक्षण कार्यान्वयन योजनाको थ्रीडी नक्सासहितको डिजाइन सार्वजनिक गरेको छ । यसको लागि मन्दिरको पूर्व र पश्चिमतर्फको पहिरो तथा भू–क्षय नियन्त्रणका लागि मध्यपुर थिमि नगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए)ले पहिरो चराणमा करिब ९ करोड ४३ लाख ३९ हजार ८७५ रूपैयाँ बजेट तत्काल कार्य थालिने भएको छ ।
मध्यपुर थिमि नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी संरक्षणको काम सुरु हुने जानकारी दिएको हो ।

यसअघि थ्रीडी सार्वजनिक गर्ने कार्यक्रम निलबाराही क्षेत्रकै नीलबाराही रिसोर्टमा मंगलबार बिहान ७ बजे निर्धारण भएको  थियो तर, निलबाराही संरक्षण सरोकार समिति जनश्रमदानदाताहरूको विरोधपछि कार्यक्रम हुन सकेन । त्यसपछि दिउँंसो पत्रकार सम्मेलन गरी थ्रीडी नक्सा सहितको डिजाइन सार्वजनिक गरेको हो । निलबाराही मन्दिरको पश्चिमतर्फको पहिरो तथा भु–क्षय नियन्त्रणका लागि मध्यपुरथिमि नगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए) ले कार्यान्वयन गरिने योजनाको थ्रीडी नक्सासहितको प्रस्तुतीकरण कार्यक्रम रोकिएको हो ।

निलबाराही क्षेत्रको संरक्षणका लागि तयार भएको ‘निलबाराही गुरुयोजना कार्यान्वयन’ गर्न नगरपालिकाको आन्तरिक श्रोतले मात्र पर्याप्त समाधान सम्भव नभाएकाले केन्द्र सरकार र अन्य सम्बन्धित निकायहरुसँगको सहकार्यमा विभिन्न कार्यहरू अघि बढाएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

निलबाराही भू:क्षय नियन्त्रण तथा संरक्षणमा तर्फ गरेका प्रयास : १) निलवाराही मन्दिरको पश्चिमतर्फको संरक्षणः वर्षातको समयमा ठूलो मात्रामा चालुवा, माटो बग्ने स्थानमा रोकथामका लागि सानुबन देखि दुवाकोट मोडसम्म दुशको पखाल निर्माण कार्य भएको छ।
२) सार्वजनिक जग्गा संरक्षणः निलबाराही जङ्गलको पश्चिम नारामा अतिक्रमण भएका करिव ४ रोपनी सार्वजनिक जग्गा संरक्षण गरिए‌को छ ।
३) लुखापाटी क्षेत्रमा सुरक्षा पर्खाल निर्माणः निलबाराही मन्दिरको उत्तर पश्चिम क्षेत्रमा करिब २ रोपनी १४ आना सार्वजनिक जमिनमा पर्खाल लगाई संरक्षण गरिएको छ।
४) बजेट सुनिश्चितता : (क) चक्रपथसहितको पहिरो नियन्त्रणका लागि आर्थिक वर्ष २०८०/८१ माः केन्द्र सरकारको सम्पूरक अनुदानमार्फत प्राप्त ९ करोड ७६ लाख ३२ हजार एक सय ८८ रुपैया बजेट मध्ये पहिलो किस्ताको १ करोड ६० लाख रुपैयाँबाट निलबाराही प्रवेशद्वारदेखि सरस्वती खेल उकालो सम्मको कार्य सम्पन्न भएको छ।
(ख) आ.व. २०८१/०८२ मा दोस्रो किस्ता अन्तर्गतको ३ करोड बजेट मध्ये निर्माण व्यवसायीसँग सम्झौता भई २ करोड ८२ लाख ९२ हजार १६८ को कार्यदिश बमोजिम १० प्रतिशत रकम निर्माण व्यवसायीलाई मोविलाइजेसन पेश्की उपलब्ध गराईएको
(ग) चालू आर्थिकवर्ष २०८२/०८३ का लागि केन्द्र सरकारबाट प्राप्त २ करोड ५० लाख रुपैयाँलाई ३० प्रतिशत मानी नगरपालिकाको आन्तरिक स्रोतबाट थप ७० प्रतिशत (५ करोड ८३ लाख ३३ हजार सहित कुल ८ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेटबाट पहिरो नियन्त्रणको कार्य अघि बढाउने चरणमा छ।
(घ) आर्थिक वर्ष २०८२/८३ का लागि केन्द्र सरकारबाट सडक निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको ।
५. उपत्यका विकास प्राधिकरणसँगको सहकार्य: उपत्यका विकास प्राधिकरणमार्फत ७ करोड १ लाख ८४ हजार ९६३ रुपैयाँको बजेट विनियोजन भई ६ करोड ६० लाख ४७हजार ७ सय ७ रुपैयामा सम्झौता कार्यदेश भइसकेको छ। यो सम्झौता र कार्यदेशसम्म पुग्नुअघि २०८०/४/३२ गते काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलको अध्यक्षतामा निलबाराही क्षेत्रको संरक्षण सम्बन्धमा छलफल, २०८१/०२/०८ गते काठमाडौ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त प्याकुरेलको अध्यक्षतामा निलबाराही मन्दिर परिसरको भूक्षय नियन्त्रणका लागि डिपिआर सम्बन्धमा परामर्शदातासंग छलफल, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालको अध्यक्षतामा २०८१/०३/२७ गते र नायव विकास आयुक्त प्याकुरेलको अध्यक्षतामा मिति २०८१/०४/०१ गते डिपिआर सम्बन्धमा छलफल, २०८१/०५/१९ नायव विकास आयुक्त प्याकुरेलको अध्यक्षतामा डिपिआरको पुनरावलोकनका लागि छलफल, निलबाराही क्षेत्रको भूक्षय नियन्त्रणका लागि प्रथम पटक प्रकाशित बोलपत्र अनुसार कुनै पनि ठेक्का नपरेको हुँदा बोलपत्र सम्बन्धी कागजपत्र पुनरावलोकन गर्न केभिडिए र नगरपालिकाका प्राविधिकबीच मिति २०८१/१०/१९ गते छलफल भएको थियो ।
त्यस्तै, २०८२/०३/१९ गते नगर प्रमुखको अध्यक्षतामा नगरपालिका, केभिडिए र निर्माण व्यवसायीका प्राविधिकहरु, सरोकारवालाहरुको तर्फका प्राविधिक ई. दिलिप गसीसहितको प्राविधिक टिमले डिपिआरका सम्बन्धमा उठेका विषयमा सम्बोधन गर्न संयुक्त सर्वेक्षण गरी तत्काल निर्माण कार्य अगाडि बढाउने सहमती भएको, २०८२/०३/२४ गते काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त लिला खतिवडाको अध्यक्षतामा निलबाराही क्षेत्रमा गरिने भूक्षय नियन्त्रण कार्यमा वातावरण संरक्षणका सम्बन्धमा छलफल, २०८२/०४/०७ गते मध्यपुर थिमि नगर प्रमुखको अध्यक्षतामा सरोकार समितिका तर्फवाट ई दिलिप गसीसहित बैठकबाट जात्रा मार्ग चौडाई २.५ मिटरबाट ५ मिटर कायम गर्दै निर्माण कार्य अगाडि बढाउने निर्णय भएको, २०८२/४/१४ गते बसेको जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीसहितको जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र नगरपालिकाका जनप्रतिनिधिहरु एवम् प्राविधिकहरुको बैठकको निर्णय अनुसार मिति २०८२/०४/१६ गते संयुक्तरुपमा स्थलगत अनुगमन भएको, २०८२/०४/१८ गते नगर प्रमुखको अध्यक्षमा नगरपालिकाका प्राविधिक र सरोकार समितिका प्राविधिक दिलिप गसीसहितको छलफल भएको नगरप्रमुख श्रेष्ठले विज्ञप्ति सार्वजनिक गरेको छ।
६. पहिरो नियन्त्रण प्रविधिः पहिरो नियन्त्रणका सम्पूर्ण कार्यहरू वातावरणमैत्री र ईबीए प्रविधिसहित दीर्घकालीन रुपमा पहिरो नियन्त्रण हुने, बायो इञ्जिनियरिङ, पाइलिङ, नेलिङ, ग्राउटिङ, ग्रिड बिम लगायतका अत्याधुनिक प्रविधिहरूबाट स्थायी समाधान गरिने योजना छ ।

यससँगै,नगरपालिका र उपत्यका विकास प्राधिकरणद्वारा विनियोजित बजेट कार्यान्वयन गर्न स्थानीय सरोकार समितिसँग निरन्तर छलफल हुदै आएको र सरोकारवालाकै सल्लाह अनुसार योजनासम्बन्धी डिपिआर संशोधन समेत सम्पन्न भइसकेको छ नगरउप-प्रमुख विजयकृष्ण श्रेष्ठ बताउँछन् ।
स्थानीय जनप्रतिनिधि, नगरबासी र भक्तजनहरूले २०८२ साल जेठ महिनादेखि सुरु गरेको जनश्रमदान अभियानमार्फत अस्थायी पहिरो नियन्त्रण तथा बाटो निर्माणको कार्य निरन्तर चलिरहेको छ । सरोकार समितिसँगको सल्लाह सहमती अनुसार २०८२/५/३ गते निलबाराही वन क्षेत्रस्थित निलबाराही रिसोर्टमा विहान ७ बजे निर्धारण भएको निलबाराही मन्दिरको पश्चिमतर्फको पहिरो तथा भू-क्षय नियन्त्रणका लागि मध्यपुर थिमि नगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए) ले कार्यान्वयन गरिने योजनाको थ्रीडी नक्सासहितको प्रस्तुतीकरण कार्यक्रम रोकिएको र आगामी दिनमा समन्वय गर्दै निलबाराही संरक्षणको कार्य अघि बढाउने नगरप्रमुख श्रेष्ठले बताएका छन् । नगरप्रमुख श्रेष्ठले आगामी दुई वर्षमा २० करोड रुपैयाँ बजेट सहितको निलबाराही क्षेत्र संरक्षण तथा आकर्षकको काम हुने जानकारी दिएका छन् । सरोकारवालाले सोमबार निलबाराही संरक्षण तथा भू:क्षय नियन्त्रणका लागि माटो ओसारपसारका लागि प्रयोग गरेको डोजर नियन्त्रणमा लिएको भन्दै प्रहरी प्रभाग चाँगुनारायण दुवाकोटमा धर्ना दिएका छन् र सम्बन्धित निकायले डीपीआर नदिएको गुनासो छ । थ्रीडी डिजाइन मध्यपुरथिमि नगरपालिका ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रुपन्देहीको रोहिणीमा पेट्रोलियम डिपो बन्ने: केयूले बुझायो डीपीआर

काठमाडाैं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब रुपैयाँ लागतमा आधुनिक पेट्रोलियम भण्डारण डिपो...

स्वास्थ्यमन्त्री थापाले गरे मदन भण्डारी प्रतिष्ठानको अनुगमन

हेटौंडा, ३ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अनुगमन गरेका...

य:मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचिकृत

ललितपुर, २ भदौ । सरकारले नेवार समुदायको अनिवार्य परिकार य:मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरको छ ।...

मिडिया काउन्सिल विधेयकबारे पत्रकार महासंघको ३४ बुँदे सुझाव

काठमाडौं, २ भदौ । नेपाल पत्रकार महासंघले हाल छलफल रहेको ‘मिडिया काउन्सिल विधेयक, २०८२’ का केही दफाहरू  परिमार्जन...