स्वास्थ्यमन्त्री थापाले गरे मदन भण्डारी प्रतिष्ठानको अनुगमन

Date:

Share post:

Suryabinayak Nagarpalika

हेटौंडा, ३ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अनुगमन गरेका छन् । मङ्गलबार मन्त्री थापाले प्रतिष्ठानमा सञ्चालन भएका कक्षाहरु हेटौंडा ११, नलेज भिलेज हेटौंडा- ६ गौरीटार, हेटौंडा ४ हुप्रचौर, अनुसन्धान केन्द्र हेटौंडा ८, प्रतिष्ठानको निर्माण भैरहेको भवनहरुको अनुगमन गर्दै आवश्यक निर्देशन समेत दिएका छन् ।

अनुगमन पश्चात् मन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै ती अस्पतालमा सेवा विस्तारका लागि आवश्यक दक्ष जनशक्ति यही प्रतिष्ठानबाट उत्पादन हुने विश्वास व्यक्त गरे ।

अनुगमनको क्रममा मन्त्री थापाले प्रतिष्ठानले छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै यसलाई स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए । छिटोभन्दा छिटो नयाँ भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट कक्षा सुचारु गराउने पनि उनले बताए ।

चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक सत्रदेखि प्रतिष्ठानलाई ५० सिटका लागि एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने स्वीकृति प्रदान गरिसकेको छ । यसअघि नै यहाँ बीएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी (बीएमएलटी), पब्लिक हेल्थ (बीपीएच) र ब्याचलर अफ फार्मेसी (बी-फार्मेसी) जस्ता स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेका छन् । यसबाहेक यसै शैक्षिक वर्षदेखि प्रतिष्ठानमा मास्टर तह (एमडी) का सात विषय स्त्री तथा प्रसूति, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा अध्यापन सुरु हुने भएको छ । अनुगमन कार्यक्रममा मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, शिक्षाध्यक्ष डा. दिनेश कुमार लम्साललगायतको सहभागिता थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...