शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो विश्व अंगदान दिवस

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २८ साउन । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष समारोहका साथ विश्व अंगदान दिवस मनाएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मस्तिष्क मृत्युपछि गरिने अंगदानलाई प्रोत्साहन गर्न खोजिरहेको बताउँदै अंगदानले धेरैको ज्यान बचाउन सघाउ पुर्याउने हुँदा यसबारे जनतालाई सचेत बनाउनुपर्ने बताएका छन् । प्रत्यारोपण सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने योजना रहेको बताउँदै मन्त्री पौडेलले विशिष्टीकृत उपचारलाई काठमाडौं उपत्यका बाहिर विस्तार गर्दै लाने नीति मन्त्रालयले  लिएको बताएका छन् । संघीय सरकारअन्तर्गतका अस्पतालहरूमा आवश्यकताअनुसार दक्ष जनशक्ति, उपकरण र पूर्वाधारको व्यवस्था गर्ने प्रयास गरिरहेको बताउँदै उनले सरकारी अस्पतालप्रति नागरिकको विश्वास कायम हुने ढंगले काम गरिरहेको बताए । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई सस्तो, गुणस्तरीय र विश्वसनीय बनाउने प्रयासमा  जुटेको बताउँदै भक्तपुर स्वास्थ्य उपचारको हबको रुपमा विकास भइरहेको र अझ प्रगतिउन्मुख भएर लाग्न प्रेरित गरे । प्रत्यारोपणको विषयलाई पनि स्वास्थ्य बीमासँग जोड्दै लाने योजना रहेको तर यस्तै हिसाबले भए बीमा सेवा सञ्चालन गर्न नसक्ने, आफै बन्द हुने बताउँदै उहाँले विभिन्न अस्पतालमा क्यान्सर परीक्षणका लागि आवश्यक पर्ने पेट सिटी स्क्यान मेसिनहरू विस्तार गर्दै लगिने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले भक्तपुरको प्रत्यारोपण केन्द्रमा बिरामीको चाप बढेसँगै शैय्या अभाव र सेवा विस्तारले ठाउँ अभाव भएको हुँदा अस्पताललाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताएका छन् ।

नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडि सार्नुपर्ने बताए । गरिबीका कारण मानव अंग बेचबिखन हुने स्थितिलाई अन्त्य गर्नुपर्नेतर्फ जोड दिँदै उनले स्वास्थ्य संस्थाहरूको लागि आवश्यक विभिन्न पदका कर्मचारीहरूको पदपूर्तिको लागि यथाशक्य छिटो विज्ञापन खोल्नेतर्फ स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए ।

<span;>कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मस्तिष्क मृत्युपश्चात हुने अंगदान र प्रत्यारोपण गर्ने ऐतिहासिक कार्यको सुरुवात हुनु नै स्वास्थ्य क्षेत्रको लागि ठूलो उपलब्धी भएको बताउँदै नेपालमै मृगौला र कलेजो प्रत्यारोपणले राज्यको अरबौं रुपैयाँ विदेशिनबाट जोगिएको बताए । स्वास्थ्य क्षेत्र सरकारको दायित्व हो भन्दै उनले स्वास्थ्य बीमा सेवालाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको अग्रसरता आवश्यक भएको बताए ।

<span;>अस्पतालका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले नेपालमा कलेजो र मृगौला प्रत्यारोपण सेवाको सुरुवात भएसँगै बिरामीहरूलाई आर्थिक र मानसिक रुपमा धेरै सहज भएको बताउँदै प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...