क्यान्सर र हृदयघात उपचारमा बागमती प्रदेशको नयाँ सम्झौता

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २७ साउन । अब बागमती प्रदेशका क्यान्सर र हृदयघातका बिरामीलाई उपचारमा थप राहत मिल्ने भएको छ । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौंको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा विभिन्न अस्पतालसँग विशेष सम्झौता गर्दै अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले उपचार सेवा विस्तार गर्न १३ प्रादेशिक अस्पतालसँग सम्झौता गरेका छन् । संझौता अनुसार पाठेघरको मुखको क्यान्सरका बिरामीले उपचार गर्दा पहिले पाउँदै आएको ५० हजार रुपैयाँमा थप ५० हजार रुपैयाँ पाउने भएका छन् । संघीय सरकारले दिने १ लाख रुपैयाँ खर्च भएपछि बिरामीले प्रदेशबाट थप १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने भएका हुन् ।

पाठेघरको मुखको क्यान्सरका बिरामीलाई उपचारकालागि संझौता भएका अस्पतालहरुमा बी एण्ड बी अस्पताल, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, क्यान्सर केयर नेपाल, चितवन मेडिकल कलेज, निजामती सेवा अस्पताल, धुलिखेल, कान्ति बाल अस्पताल, काठमाडौं क्यान्सर सेन्टर, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल), नेशनल सिटी अस्पताल, नेपाल क्यान्सर अस्पताल, परोपकार प्रसूति तथा महिला रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, र त्रिवि शिक्षण अस्पताल रहेका छन् ।

हृदयघातमा निःशुल्क शल्यक्रिया
सम्झौताअनुसार, हृदयघातका बिरामीको शल्यक्रिया आवश्यक परेमा पूर्ण रूपमा निःशुल्क गरिनेछ । यसका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र त्रिवि शिक्षण अस्पताल तोकिएका छन् । बकुलहर रत्ननगर अस्पतालसँग सम्झौता भइसकेको छ ।

यस कदमले क्यान्सर र हृदयघातजस्ता जीवनघातक रोगको उपचारमा आर्थिक सहयोगको पहुँच बढ्ने र समयमै उपचार सुरु गर्न सकिने स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् । कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापा मगरले ‘प्रदेश सरकार स्वास्थ्य सेवालाई केन्द्रीकृतबाट बिकेन्द्रीकृत गर्न लागेको’ बताए । प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले ‘प्रोस्टेडका विरामीहरुको स्कृनिङलाई समेत महत्व दिएर कार्यक्रम ल्याएको’ बताईन् ।

बाग्मती प्रदेश सरकारले प्रदेशमा सञ्चालित ५० बेडसम्मका अस्पतालले कम्तिमा बार्षिक एक पटक दुर दराजका स्थानमा स्वास्थ्य सिविर गर्ने पर्ने नियम समेत बनाएको छ । त्यसैगरी १ सय बेडसम्मका अस्पतालले कम्तिमा बार्षिक दुई पटक स्वास्थ्य सिविर गर्नै पर्छ ।

एकपछि अर्को जनप्रिय काम गर्दै आएका स्वास्थ्य मन्त्री थापा मगरले १३ प्रादेशीक अस्पताल र ४ केन्द्रीय अस्पतालसँग गरेको यो संझौता पनि उल्लेख्य कामको रुपमा दर्ज हुने पक्का छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...