हेरिटेज नेपाल न्यूज

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो विश्व अंगदान दिवस

Date:

Share post:

भक्तपुर, २८ साउन । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष समारोहका साथ विश्व अंगदान दिवस मनाएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मस्तिष्क मृत्युपछि गरिने अंगदानलाई प्रोत्साहन गर्न खोजिरहेको बताउँदै अंगदानले धेरैको ज्यान बचाउन सघाउ पुर्याउने हुँदा यसबारे जनतालाई सचेत बनाउनुपर्ने बताएका छन् । प्रत्यारोपण सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने योजना रहेको बताउँदै मन्त्री पौडेलले विशिष्टीकृत उपचारलाई काठमाडौं उपत्यका बाहिर विस्तार गर्दै लाने नीति मन्त्रालयले  लिएको बताएका छन् । संघीय सरकारअन्तर्गतका अस्पतालहरूमा आवश्यकताअनुसार दक्ष जनशक्ति, उपकरण र पूर्वाधारको व्यवस्था गर्ने प्रयास गरिरहेको बताउँदै उनले सरकारी अस्पतालप्रति नागरिकको विश्वास कायम हुने ढंगले काम गरिरहेको बताए । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई सस्तो, गुणस्तरीय र विश्वसनीय बनाउने प्रयासमा  जुटेको बताउँदै भक्तपुर स्वास्थ्य उपचारको हबको रुपमा विकास भइरहेको र अझ प्रगतिउन्मुख भएर लाग्न प्रेरित गरे । प्रत्यारोपणको विषयलाई पनि स्वास्थ्य बीमासँग जोड्दै लाने योजना रहेको तर यस्तै हिसाबले भए बीमा सेवा सञ्चालन गर्न नसक्ने, आफै बन्द हुने बताउँदै उहाँले विभिन्न अस्पतालमा क्यान्सर परीक्षणका लागि आवश्यक पर्ने पेट सिटी स्क्यान मेसिनहरू विस्तार गर्दै लगिने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले भक्तपुरको प्रत्यारोपण केन्द्रमा बिरामीको चाप बढेसँगै शैय्या अभाव र सेवा विस्तारले ठाउँ अभाव भएको हुँदा अस्पताललाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताएका छन् ।

नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडि सार्नुपर्ने बताए । गरिबीका कारण मानव अंग बेचबिखन हुने स्थितिलाई अन्त्य गर्नुपर्नेतर्फ जोड दिँदै उनले स्वास्थ्य संस्थाहरूको लागि आवश्यक विभिन्न पदका कर्मचारीहरूको पदपूर्तिको लागि यथाशक्य छिटो विज्ञापन खोल्नेतर्फ स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए ।

<span;>कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मस्तिष्क मृत्युपश्चात हुने अंगदान र प्रत्यारोपण गर्ने ऐतिहासिक कार्यको सुरुवात हुनु नै स्वास्थ्य क्षेत्रको लागि ठूलो उपलब्धी भएको बताउँदै नेपालमै मृगौला र कलेजो प्रत्यारोपणले राज्यको अरबौं रुपैयाँ विदेशिनबाट जोगिएको बताए । स्वास्थ्य क्षेत्र सरकारको दायित्व हो भन्दै उनले स्वास्थ्य बीमा सेवालाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको अग्रसरता आवश्यक भएको बताए ।

<span;>अस्पतालका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले नेपालमा कलेजो र मृगौला प्रत्यारोपण सेवाको सुरुवात भएसँगै बिरामीहरूलाई आर्थिक र मानसिक रुपमा धेरै सहज भएको बताउँदै प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...

आज महानवमी पर्व मनाउँदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष...

नवकुमारी आर्यतारा शाक्य

काठमाडौं, १४ असोज । नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा...