हेरिटेज नेपाल न्यूज

क्यान्सर र हृदयघात उपचारमा बागमती प्रदेशको नयाँ सम्झौता

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २७ साउन । अब बागमती प्रदेशका क्यान्सर र हृदयघातका बिरामीलाई उपचारमा थप राहत मिल्ने भएको छ । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौंको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा विभिन्न अस्पतालसँग विशेष सम्झौता गर्दै अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले उपचार सेवा विस्तार गर्न १३ प्रादेशिक अस्पतालसँग सम्झौता गरेका छन् । संझौता अनुसार पाठेघरको मुखको क्यान्सरका बिरामीले उपचार गर्दा पहिले पाउँदै आएको ५० हजार रुपैयाँमा थप ५० हजार रुपैयाँ पाउने भएका छन् । संघीय सरकारले दिने १ लाख रुपैयाँ खर्च भएपछि बिरामीले प्रदेशबाट थप १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने भएका हुन् ।

पाठेघरको मुखको क्यान्सरका बिरामीलाई उपचारकालागि संझौता भएका अस्पतालहरुमा बी एण्ड बी अस्पताल, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, क्यान्सर केयर नेपाल, चितवन मेडिकल कलेज, निजामती सेवा अस्पताल, धुलिखेल, कान्ति बाल अस्पताल, काठमाडौं क्यान्सर सेन्टर, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल), नेशनल सिटी अस्पताल, नेपाल क्यान्सर अस्पताल, परोपकार प्रसूति तथा महिला रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, र त्रिवि शिक्षण अस्पताल रहेका छन् ।

हृदयघातमा निःशुल्क शल्यक्रिया
सम्झौताअनुसार, हृदयघातका बिरामीको शल्यक्रिया आवश्यक परेमा पूर्ण रूपमा निःशुल्क गरिनेछ । यसका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र त्रिवि शिक्षण अस्पताल तोकिएका छन् । बकुलहर रत्ननगर अस्पतालसँग सम्झौता भइसकेको छ ।

यस कदमले क्यान्सर र हृदयघातजस्ता जीवनघातक रोगको उपचारमा आर्थिक सहयोगको पहुँच बढ्ने र समयमै उपचार सुरु गर्न सकिने स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् । कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापा मगरले ‘प्रदेश सरकार स्वास्थ्य सेवालाई केन्द्रीकृतबाट बिकेन्द्रीकृत गर्न लागेको’ बताए । प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले ‘प्रोस्टेडका विरामीहरुको स्कृनिङलाई समेत महत्व दिएर कार्यक्रम ल्याएको’ बताईन् ।

बाग्मती प्रदेश सरकारले प्रदेशमा सञ्चालित ५० बेडसम्मका अस्पतालले कम्तिमा बार्षिक एक पटक दुर दराजका स्थानमा स्वास्थ्य सिविर गर्ने पर्ने नियम समेत बनाएको छ । त्यसैगरी १ सय बेडसम्मका अस्पतालले कम्तिमा बार्षिक दुई पटक स्वास्थ्य सिविर गर्नै पर्छ ।

एकपछि अर्को जनप्रिय काम गर्दै आएका स्वास्थ्य मन्त्री थापा मगरले १३ प्रादेशीक अस्पताल र ४ केन्द्रीय अस्पतालसँग गरेको यो संझौता पनि उल्लेख्य कामको रुपमा दर्ज हुने पक्का छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...