हेरिटेज नेपाल न्यूज

बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाको पुनः पदभार ग्रहण

Date:

Share post:

Changunarayan Nagarpalika

पदभारसँगै गरे स्वास्थ्य क्षेत्रको रुपान्तरणको तीन निर्णय

काठमाडौं, २० साउन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पुनः पदभार ग्रहण गरेका छन् । मंगलबार स्वास्थ्यमन्त्री थापाले पुनःपदभारसँगै डिजिटल स्वास्थ्य क्षेत्रमा रूपान्तरणका लागि तीन महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्री थापाले अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस)मार्फत यी निर्णय गरेका हुन्।

निर्णयअनुसार प्रदेशमा विद्युतीय स्वास्थ्य आपत्कालीन प्रतिकार्य प्रणाली विकास गरिनेछ। यसले स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन मद्दत गर्ने मन्त्रालयले जनाएको छ। मन्त्री थापाले यस प्रणालीले अस्पताल सेवामा सुधार ल्याउने र स्वास्थ्य सेवा प्रवाहलाई तीव्र बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी, स्वास्थ्य मन्त्रालय र मातहतका निकायका सवारीसाधनमा जिपिएस प्रणाली जडान गरी व्यवस्थापन र समन्वय सुदृढ गर्ने निर्णय भएको छ। साथै, प्रदेशभरका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) प्रणाली लागू गर्ने निर्णय पनि गरिएको छ।

मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले यी निर्णयलाई बागमती प्रदेशको डिजिटल स्वास्थ्य क्षेत्रमा रूपान्तरणतर्फको महत्त्वपूर्ण कदम भएको बताइन्।
यसअघि २०८१ साउन ९ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थापा पुनः नवगठित इन्द्रबहादुर बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...