बागमती प्रदेश स्वास्थ्यमन्त्री थापाद्वारा स्वास्थ्य उपचार सामग्री हस्तान्तरण

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले सिन्धुलीको गोलन्जोर अस्पतालका लागि स्वास्थ्य उपचार सामग्री हस्तान्तरण गरेका छन् । बिहीबार मन्त्री थापा मगरले गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर राज बराललाई गोलन्जोर अस्पतालका लागि इसिजी मेशीन, बाइनोकुलर माइक्रोस्कोप, प्यासेन्ट मोनिटर, इएनटी सेट र विभिन्न औषधि हस्तान्तरण गरेका हुन् ।

अस्पताललाई उपचार सामग्री हस्तान्तरण गर्दै मन्त्री थापा मगरले प्रदेश सरकारले स्थानीय तहद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरूलाई सबल बनाउन निरन्तर पहल गरिरहेको बताएका छन्। मन्त्री थापा मगरले स्थानीय तहसँग सहकार्य गरेर प्राथमिक स्वास्थ्य सेवा सुदृढ पार्ने योजना अघि सारिएको उल्लेख गर्दै प्रदेश सरकारले गाउँ-नगरमा रहेका स्वास्थ्य चौकी र अस्पताललाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्दै आएको बताएका छन् ।

उनले स्वास्थ्य पूर्वाधार विकाससँगै दक्ष जनशक्ति व्यवस्थापन, सेवा विस्तार र आधुनिक प्रविधि परिचालनमार्फत ग्रामीण भेगमा पनि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। गोलन्जार गाउँपालिकाका अध्यक्ष बरालले उपचार सामग्री प्राप्त भएपछि सेवा विस्तारमा सहजता हुने विश्वास व्यक्त गरेका छन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...