हेरिटेज नेपाल न्यूज

बागमती प्रदेश स्वास्थ्यमन्त्री थापाद्वारा स्वास्थ्य उपचार सामग्री हस्तान्तरण

Date:

Share post:

काठमाडौं, १२ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले सिन्धुलीको गोलन्जोर अस्पतालका लागि स्वास्थ्य उपचार सामग्री हस्तान्तरण गरेका छन् । बिहीबार मन्त्री थापा मगरले गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर राज बराललाई गोलन्जोर अस्पतालका लागि इसिजी मेशीन, बाइनोकुलर माइक्रोस्कोप, प्यासेन्ट मोनिटर, इएनटी सेट र विभिन्न औषधि हस्तान्तरण गरेका हुन् ।

अस्पताललाई उपचार सामग्री हस्तान्तरण गर्दै मन्त्री थापा मगरले प्रदेश सरकारले स्थानीय तहद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरूलाई सबल बनाउन निरन्तर पहल गरिरहेको बताएका छन्। मन्त्री थापा मगरले स्थानीय तहसँग सहकार्य गरेर प्राथमिक स्वास्थ्य सेवा सुदृढ पार्ने योजना अघि सारिएको उल्लेख गर्दै प्रदेश सरकारले गाउँ-नगरमा रहेका स्वास्थ्य चौकी र अस्पताललाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्दै आएको बताएका छन् ।

उनले स्वास्थ्य पूर्वाधार विकाससँगै दक्ष जनशक्ति व्यवस्थापन, सेवा विस्तार र आधुनिक प्रविधि परिचालनमार्फत ग्रामीण भेगमा पनि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। गोलन्जार गाउँपालिकाका अध्यक्ष बरालले उपचार सामग्री प्राप्त भएपछि सेवा विस्तारमा सहजता हुने विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...