दुई किशोरी मृत फेला

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ८ साउन । मध्यपुर थिमि नगरपालिका-९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी बिहीबार बिहान मृतावस्थामा फेला परेका छन् । स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमि प्रमुख डीएसपी नवराज ढुङ्गानाले जानकारी दिए ।घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ ।
मृतकको आफन्त सम्पर्कमा आइनसकेकाे र कामकाे शउलशिलामा भारतबाट उनीहरु आएपछि घटनास्थलको मुचुल्का हुने डीएसपी ढुङ्गानाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...