पुल्चाेक क्याम्पसले बुझायाे सिनाममंगल डिपाे स्थानान्तरणकाे डिपीआर, मंसिरदेखि निर्माण सुरू

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ८ साउन । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चाेकले नेपाल आयल निगमलाई डिपीआर हस्तान्तरण गरेकाे छ। क्याम्पसले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा निर्माण हुने अत्याधुनिक हवाई इन्धन डिपाे निर्माणकाे डिपीआर हस्तान्तरण गरेकाे हाे।
२०८१ काे साउन २८ गते मन्त्रीपरिसद्काे बैठकले सिनामंगल डिपाे स्थानान्तरणकाे अनुमति दिएकाे थियाे। निगमले बनाउन लागेकाे उक्त डिपाे तीन हजार किलोलिटर क्षमताका पाँच वटा भण्डारण ट्याङ्क रहनेछन् । नयाँ बन्ने डिपो अत्याधुनिक प्रविधिसहितको हुनेछ।
६ अर्ब ५४ कराेड २९ लाख ५ हजार ५७ रूपैयामा निर्माण हुने अक्त डिपाे निर्माण हुने निगमका निगमका उपनिर्देशक तथा आयाेजना प्रमुख ई प्रदीप यादवले जानकारी दिए। उनका अनुसार हाल डिपाे निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्टाई नागरिक उडढ्यन प्राधिकरणले साइट क्लियरेन्सकाे काम गरिरहेकाे छ।
पुल्चाेक क्याम्पसले हस्तान्तरण गरेकाे डीपीआर अध्ययन पश्चात् चालू आर्थिकमा बजेट विनियाेजन गरि भाद्र महिनामा निर्माणका लागि बाेलपत्र आह्वान गरि २ महिनाभित्र मूल्यांकन सकिन याेजना रहेकाे आयाेजना कार्यालयले जनाएकाे छ।
उक्त मूल्यांकन सकेर अबकाे ६ महिनाभित्र  निर्माणकाे काम सुरू गरेर २०८४ काे मंसिर भित्र निर्माण सकेर डिपाे सञ्चालनमा ल्याउने याेजना रहेकाे प्रमुख यादवले जानकारी दिए। पुल्चोक क्याम्पसका सहायक डिन सुरज लामिछानेले नेपालकै जनशक्ति प्रयाेग गरेर उक्त काम गरिएको बताए  ।

विमानस्थलको गुह्येश्वरीतर्फ नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा ‘अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट’ (एपिआइ) मापदण्डअनुसारको डिपाे निर्माण हुनेछ। करिब ५० वर्ष पुरानो सिनामङ्गल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार छ सय ६० किलोलिटर छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको निगम विसं २०२७ मा स्थापना भई नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्दै आइरहेको छ । निगमले देशका विभिन्न स्थानमा १० वटा हवाई इन्धन डिपो र दुई वटा हवाई इन्धन ‘रिफ्युलिङ स्टेशन’ सञ्चालनमा ल्याएको छ ।

निगमले भारतको सरकारी स्वामित्वको इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन खरिद गरी देशभर बिक्री वितरण एवं भण्डारण गर्दै आएको छ । विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार तीन सय ८४ किलोलिटर रहेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...