हेरिटेज नेपाल न्यूज

पुल्चाेक क्याम्पसले बुझायाे सिनाममंगल डिपाे स्थानान्तरणकाे डिपीआर, मंसिरदेखि निर्माण सुरू

Date:

Share post:

काठमाडौं, ८ साउन । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चाेकले नेपाल आयल निगमलाई डिपीआर हस्तान्तरण गरेकाे छ। क्याम्पसले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा निर्माण हुने अत्याधुनिक हवाई इन्धन डिपाे निर्माणकाे डिपीआर हस्तान्तरण गरेकाे हाे।
२०८१ काे साउन २८ गते मन्त्रीपरिसद्काे बैठकले सिनामंगल डिपाे स्थानान्तरणकाे अनुमति दिएकाे थियाे। निगमले बनाउन लागेकाे उक्त डिपाे तीन हजार किलोलिटर क्षमताका पाँच वटा भण्डारण ट्याङ्क रहनेछन् । नयाँ बन्ने डिपो अत्याधुनिक प्रविधिसहितको हुनेछ।
६ अर्ब ५४ कराेड २९ लाख ५ हजार ५७ रूपैयामा निर्माण हुने अक्त डिपाे निर्माण हुने निगमका निगमका उपनिर्देशक तथा आयाेजना प्रमुख ई प्रदीप यादवले जानकारी दिए। उनका अनुसार हाल डिपाे निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्टाई नागरिक उडढ्यन प्राधिकरणले साइट क्लियरेन्सकाे काम गरिरहेकाे छ।
पुल्चाेक क्याम्पसले हस्तान्तरण गरेकाे डीपीआर अध्ययन पश्चात् चालू आर्थिकमा बजेट विनियाेजन गरि भाद्र महिनामा निर्माणका लागि बाेलपत्र आह्वान गरि २ महिनाभित्र मूल्यांकन सकिन याेजना रहेकाे आयाेजना कार्यालयले जनाएकाे छ।
उक्त मूल्यांकन सकेर अबकाे ६ महिनाभित्र  निर्माणकाे काम सुरू गरेर २०८४ काे मंसिर भित्र निर्माण सकेर डिपाे सञ्चालनमा ल्याउने याेजना रहेकाे प्रमुख यादवले जानकारी दिए। पुल्चोक क्याम्पसका सहायक डिन सुरज लामिछानेले नेपालकै जनशक्ति प्रयाेग गरेर उक्त काम गरिएको बताए  ।

विमानस्थलको गुह्येश्वरीतर्फ नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा ‘अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट’ (एपिआइ) मापदण्डअनुसारको डिपाे निर्माण हुनेछ। करिब ५० वर्ष पुरानो सिनामङ्गल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार छ सय ६० किलोलिटर छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको निगम विसं २०२७ मा स्थापना भई नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्दै आइरहेको छ । निगमले देशका विभिन्न स्थानमा १० वटा हवाई इन्धन डिपो र दुई वटा हवाई इन्धन ‘रिफ्युलिङ स्टेशन’ सञ्चालनमा ल्याएको छ ।

निगमले भारतको सरकारी स्वामित्वको इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन खरिद गरी देशभर बिक्री वितरण एवं भण्डारण गर्दै आएको छ । विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार तीन सय ८४ किलोलिटर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...

आज महानवमी पर्व मनाउँदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष...

नवकुमारी आर्यतारा शाक्य

काठमाडौं, १४ असोज । नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा...