हेरिटेज नेपाल न्यूज

सूर्यविनायक नगर अस्पताल ५० शय्या विस्तार

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २७ असार ।  सूर्यविनायक नगरपालिका–८ जगातीचोकमा सञ्चालित सूर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ५० शय्यामा विस्तार गरेको छ ।

बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापा सोही वडाका तत्कालीन वडाअध्यक्ष हुँदा विसं २०७७ मा १० शय्याबाट सेवा सुरु भएको अस्पताल बुधबार उनी स्वास्थ्यमन्त्री भएकै बेला ५० शय्यामा विस्तार भएको हो । मन्त्री थापाले यसबारे भने, ‘कोरोना महामारीले जर्जर अवस्था थियो, म वडाध्यक्ष थिएँ, एमाले नेता महेश बस्नेत सांसद हुनुहुन्थ्यो । नगरपालिकाको प्रमुख अहिलेकै प्रमुख वासुदेव थापा हुनुहुन्थ्यो, हामी सबैको अठोट र साथले नेपाल सरकारको २५ रोपनी जग्गामा अस्पताल भवन निर्माण गरेर सेवा सुरु गरेका थियौँ । त्यसको चार वर्षपछि म स्वास्थ्यमन्त्री हुँदा नै ५० शय्यामा विस्तार गर्न पाउँदा खुसी लागेको छ ।’

सूर्यविनायक नगर अस्पताललाई विशेषज्ञ सेवासहितको ट्रमा सेन्टरका रूपमा विकास गर्ने योजना रहेको उनले सुनाए। पूर्वका जिल्लाबाट काठमाडौँ प्रवेश गर्ने अन्तिम नाका जगाती भएकाले राजमार्गमा हुने दुर्घटनाका घाइतेको उपचार गर्ने उद्देश्यले यस अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नेगरी कार्य अगाडि बढाइएको मन्त्री थापाले जानकारी दिए। ‘मन्त्रालयले आवश्यकताअनुसार थप जनशक्ति, उपकरण र बजेटको व्यवस्थापन गर्छ । अरनिको राजमार्गसँग जोडिएको यस अस्पतालमा भक्तपुरको मात्रै नभई पूर्वबाट आउने बिरामीलाई काठमाडौँ जानै नपर्नेगरी विकास तथा विस्तार गर्न आवश्यक छ । सोहीअनुसार लागिरहेका छौँ,’ उनको भनाइ छ ।
सूर्यविनायक नगरपालिका प्रवक्ता एव वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले प्रदेश सरकारको स्वीकृति र नगरपालिकाको बजेट व्यवस्थापनबाट शल्यक्रिया कक्षसमेत सञ्चालनमा आएको र गुणस्तरीय सेवा सञ्चालनका लागि नगरपालिकाले बजेट व्यवस्थापन गर्ने बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...