‘नेप्से एआई’ नामको एप डाउनलोड नगर्न सिआईबीको आग्रह

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २९ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नेप्से एआई’ नामको एप डाउनलोड नगर्न आग्रह गरेको छ। फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा देखिने विज्ञापनमार्फत प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न प्रलोभन दिइने र इन्स्टल गरेपछि मोबाइल वा कम्प्युटरमा नियन्त्रण पुग्ने तथा बैंक खाताबाट लाखौं रुपैयाँ अनधिकृत रूपमा स्थानान्तरण हुने घटना दर्ता भएपछि सीआईबीले यस्तो अनुरोध गरेको हो ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सेयर बजारसम्बन्धी विज्ञापन देखाएर उक्त एप डाउनलोड गरेपछि  एक जना प्रयोगकर्ताको २८ लाख ६१ हजार रुपैयाँ अन्यत्र खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा रहेका डेटा तथा एपहरूसमेत डिलिट भएको उजुरी सीआईबीमा दर्ता भएको छ । यस्ता आपराधिक गतिविधिबाट बच्न सीआईबीले प्रयोगकर्तालाई टु-फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न, पासवर्ड समय–समयमा परिवर्तन गर्न, अज्ञात लिङ्क वा एप इन्स्टल नगर्न, रिमोट एक्सेस दिने एपहरू प्रयोग नगर्न र आधिकारिक स्टोरबाट मात्र एप डाउनलोड गर्न आग्रह गरेको छ ।

यस्ता घटना भएमा तत्काल बैंक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न समेत सीआईबीले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...