हेरिटेज नेपाल न्यूज

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका ईन्द्रबहादुर बानियाँ नियुक्त

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २० साउन । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दल नेता ईन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। मुख्यमन्त्री पदमा कांग्रेस सांसद बानियाँले मात्रै दाबी पेस गरेका थिए। नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका बानियाँलाई मंगलबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा २ अनुसार बानियाँलाई प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाको भनाइ छ। नेपाली कांग्रेसकै बहादुर सिं लामा तामाङ यसअघि मुख्यमन्त्री थिए। तामाङले कांग्रेस संसदीय दल नेताको हैसियत गुमाएपछि बानियाँ संसदीय दल नेता हुँदै मुख्यमन्त्री नियुक्त भएका हुन् । ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...