बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका ईन्द्रबहादुर बानियाँ नियुक्त

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० साउन । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दल नेता ईन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। मुख्यमन्त्री पदमा कांग्रेस सांसद बानियाँले मात्रै दाबी पेस गरेका थिए। नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका बानियाँलाई मंगलबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा २ अनुसार बानियाँलाई प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाको भनाइ छ। नेपाली कांग्रेसकै बहादुर सिं लामा तामाङ यसअघि मुख्यमन्त्री थिए। तामाङले कांग्रेस संसदीय दल नेताको हैसियत गुमाएपछि बानियाँ संसदीय दल नेता हुँदै मुख्यमन्त्री नियुक्त भएका हुन् । ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...