हेरिटेज नेपाल न्यूज

बालवाङ्मय तथा अनुसन्धान केन्द्रकाे अध्यक्षमा वाग्ले

Date:

Share post:

काठमाडौं, १८ साउन । बालवाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा अनन्त वाग्ले सर्वसम्मत चयन भएका छन् । शनिबार बालवाङ्मय तथा अनुसन्धान केन्द्रको १० औं वार्षिक साधारण सभाको अवसरमा बबरमहलस्थित साफ पल्चामा गरिएको कार्यक्रममा प्रमोद प्रधानको संयोजकत्वमा सिर्जना शर्मा र प्रा.डा.तारानिधि भट्टराई सहितको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरी बनाइएको नयाँ कार्यसमितिमा वाग्लेलाई अध्यक्षमा चयन गरिएको हो । केन्द्रमा वाग्लेको यो दोस्रो कार्यकाल हो । नयाँ कार्यसमितिमा उपाध्यक्षमा मन्जु ज्ञवाली, महासचिवमा शान्ति सापकोटा, सचिवमा सन्जोग ठकुरी र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा नेत्र तामाङ, रवीन्द्र मानन्धर, सुशीला तामाङ र हिक्मत दाहाल चयन भए ।

कार्यक्रममा ‘अपराजिता : जीवन बदल्ने छोरीहरु’ पुस्तक समेत सार्वजनिक गरियो । केन्द्रका अध्यक्ष अनन्त वाग्लेको लेखन तथा सम्पादन रहेको पुस्तकलाई अध्यक्ष वाग्ले, सभाध्याक्ष सिर्जना शर्मा, बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्य, बाल साहित्यका अग्रज सर्जकहरु प्रा.डा.चुडामणि बन्धु, के के कर्माचार्य, प्रमोद प्रधान लगायतकाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

हिरोइन मुभमेन्ट कार्यक्रम अन्तर्गत बालवाङ्मय तथा अनुसन्धान केन्द्रले प्रकाशन गरेको यस पुस्तकमा जीवनमा संघर्ष गरेर सफलताको सिँढी चढेका पाँच जना छोरीहरुको सफलताको जीवन कथालाई समेटिएको छ । पुस्तकमा म्याराथन धावक मिरा राई, आईटी इन्जिनियर श्रीती श्रेष्ठ, तेस्रो लिङ्गी अभियन्ता पिंकी गुरुङ, गायिका अभया सुब्बा र कान्छी शिक्षाकर्मी रित काफ्लेको जीवन कथालाई संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ ।

लेखक वाग्लेले पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी सामग्री बन्न सक्ने बताउँदै पुस्तक प्रकाशनका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने नेदरल्याण्डकी अभियन्ता बेट्टे एन्ड्रियान्से, हिरोइन अभियान नेपाल, पुस्तकको चित्राङ्कन गर्ने चित्रकार कृषा ताम्राकार, बाल साहित्यका सम्पूर्ण अग्रज सर्जक तथा केन्द्रका सम्पूर्ण कार्यसमिति सदस्यहरुप्रति आभार व्यक्त गरे । उनले भने, ‘आफ्नो लक्ष्यमा पुग्न निरन्तर लगनशील रहेर कडा मेहनत गरी सफलता चुमेका पाँच नेपाली छोरीहरुका सफलताका कथा समेटिएको यो पुस्तक नयाँ पुस्ताका लागि एक प्रेरक स्रोत सामग्री हुनेछ ।’

नील हिरा समाजकी अध्यक्ष गुरुङ, गायिका सुब्बा, कान्छी शिक्षाकर्मी काफ्लले पुस्तकले छोरीहरुको सफलतालाई अगाडि ल्याउने लेखक वाग्ले केन्द्रलाई धन्यवाद ज्ञापन गर्दै खुसी व्यक्त गरे । गुरुङले रामराज्यको समयमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको रहेको चर्चा गर्दै कलियुगमा बल्ल समुदायले आफ्नो पहिचान स्थापित गर्ने अवसर पाएको बताइन् । वाग्ले जस्ता सर्जकले त्यसलाई अझै स्थापित गर्न सघाउ पुर्याएकाे सुनाइन् । त्यस्तै, गायिका सुब्बाले पितृसत्तात्मक व्यवस्थामा महिलाको उपस्थिति र कार्य सधैं छायामा रहेको अवस्थामा वाग्लले अत्यन्तै सराह्रनीय कार्य गरेको धारणा राखिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...