हेरिटेज नेपाल न्यूज

मध्यपुरथिमीले गर्यो शारीरिक अपांगता भएकालाई स्कुटर र सहायक सामग्री सहयोग

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १३ साउन । मध्यपुर थिमि नगरपालिकाले शारीरिक अपाङ्गता भएकाहरुलाई स्कुटर र सहायक सामग्री सहयोग गरेको छ । सोमबार मध्यपुरथिमिका अपांगता भएका नगरबासीलाई पनि सहायक सामग्री हस्तान्तरण गरिएको हो । नगरपालिकाले एक स्कुटर, <span;>१० वटा ह्विल चियर, नौवटा कम्बोड चेयर, दुईवटा कृत्रिम खुट्टा त्यसैगरी जेली कुसन, विशेष जुत्ता, सेतो छडी, एयर म्याट्रेस पनि उपलब्ध गराइएको नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिए।

मध्यपुरथिमि-५ का ३९ वर्षीय कलाकार लक्ष्मीभक्त भासिमालाई नगरपालिकाले तीनपांग्रे स्कुटर दिएको छ। २५ प्रतिशत मूल्य भासिमाले र ७५ प्रतिशत नगरपालिकाले व्यहोरेर खरिद गरिएको स्कुटर सोमबार हस्तान्तरण गरेकाे हो। ‘नगरपालिकाको आन्तरिक स्रोतबाट करिब ६ लाख रूपैयाँ बराबरको सहायक सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो,’ महाशाखा प्रमुख भट्टले भने। यसअघि ११ लाख रुपैयाँको सहायक सामग्री वितरण गरिएको थियो।

अपांगता भएकाहरूलाई सहायक सामग्री हस्तान्तरण गर्दै नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले मानव विद्या गृह, सिद्धिकालीस्थित विशेष विद्यालयमा अपांगता भएकालाई सिपमूलक तालिम दिइरहेको जानकारी दिए। ‘अपांगता भएकालाई झोल साबुन र खाम बनाउने तालिम पनि दिइरहेका छौँ,’ उपप्रमुख श्रेष्ठले भने, ‘उत्पादित सामग्री नगरपालिकाले खरिद गर्ने व्यवस्था मिलाएका छौँ।’ उक्त अवसरमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले अपांगता भएकालाई नगरपालिकाले विशेष सुविधा प्रदान गरिरहेको बताएका छन्। अपांगताको पहिचान र परिचयपत्र वितरणलाई प्रभावकारी बनाइएको उनको भनाइ छ।
मध्यपुरथिमिमा अपाङ्गता भएकाको संख्या ३ सय नौ जना छन्। त्यसमध्ये एक सय ३३ जना पूर्ण रूपले अशक्त रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...