मध्यपुरथिमीले गर्यो शारीरिक अपांगता भएकालाई स्कुटर र सहायक सामग्री सहयोग

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १३ साउन । मध्यपुर थिमि नगरपालिकाले शारीरिक अपाङ्गता भएकाहरुलाई स्कुटर र सहायक सामग्री सहयोग गरेको छ । सोमबार मध्यपुरथिमिका अपांगता भएका नगरबासीलाई पनि सहायक सामग्री हस्तान्तरण गरिएको हो । नगरपालिकाले एक स्कुटर, <span;>१० वटा ह्विल चियर, नौवटा कम्बोड चेयर, दुईवटा कृत्रिम खुट्टा त्यसैगरी जेली कुसन, विशेष जुत्ता, सेतो छडी, एयर म्याट्रेस पनि उपलब्ध गराइएको नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिए।

मध्यपुरथिमि-५ का ३९ वर्षीय कलाकार लक्ष्मीभक्त भासिमालाई नगरपालिकाले तीनपांग्रे स्कुटर दिएको छ। २५ प्रतिशत मूल्य भासिमाले र ७५ प्रतिशत नगरपालिकाले व्यहोरेर खरिद गरिएको स्कुटर सोमबार हस्तान्तरण गरेकाे हो। ‘नगरपालिकाको आन्तरिक स्रोतबाट करिब ६ लाख रूपैयाँ बराबरको सहायक सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो,’ महाशाखा प्रमुख भट्टले भने। यसअघि ११ लाख रुपैयाँको सहायक सामग्री वितरण गरिएको थियो।

अपांगता भएकाहरूलाई सहायक सामग्री हस्तान्तरण गर्दै नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले मानव विद्या गृह, सिद्धिकालीस्थित विशेष विद्यालयमा अपांगता भएकालाई सिपमूलक तालिम दिइरहेको जानकारी दिए। ‘अपांगता भएकालाई झोल साबुन र खाम बनाउने तालिम पनि दिइरहेका छौँ,’ उपप्रमुख श्रेष्ठले भने, ‘उत्पादित सामग्री नगरपालिकाले खरिद गर्ने व्यवस्था मिलाएका छौँ।’ उक्त अवसरमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले अपांगता भएकालाई नगरपालिकाले विशेष सुविधा प्रदान गरिरहेको बताएका छन्। अपांगताको पहिचान र परिचयपत्र वितरणलाई प्रभावकारी बनाइएको उनको भनाइ छ।
मध्यपुरथिमिमा अपाङ्गता भएकाको संख्या ३ सय नौ जना छन्। त्यसमध्ये एक सय ३३ जना पूर्ण रूपले अशक्त रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...

ब्युँतियो सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने व्यवस्था

काठमाडौं, ३२ असार । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो...