सलां गणेश मन्दिर पछाडिको पाटी उद्घाटन

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १० श्रावण। भक्तपुर नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक सलाँ गणेश मन्दिर पछाडिको पाटी पुनः निर्माण सम्पन्न भई शनिबार विशेष समारोहबीच उद्घाटन गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार स्थानीय उपभोक्ता समितिको पहलमा सम्पन्न पाटीको उद्घघाटन गरेका हुन् ।
नगर प्रमुख प्रजापतिले भक्तपुर सम्पदाको सहर भएकाले सम्पदा संरक्षणमा नगरपालिका विशेष प्राथमिकताका साथ लागिरहेको बताउँदै अरनिको सभा भवन र दरबार क्षेत्रका अन्य सम्पदाहरूको पुनः निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिए।
उनले जनताको सहभागितामा सम्पदा जगेर्ना कार्य भइरहेको बताउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुले देशकै लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको र स्थानीय विकासका लागि शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा निरन्तर सेवा दिइरहेको उल्लेख गरे।
भक्तपुरको विकासमा सबैको साथ र सहयोग रहेको बताउँदै उनले नगरपालिकाले जनताको सहजताको लागि विभिन्न क्षेत्रमा काम गरिरहेको बताए ।

  1. कार्यक्रममा ९ नं वडा अध्यक्ष रविन्द्र ज्याख्वले पाटी पुनः निर्माण कार्यको आर्थिक हिसाब किताब पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ कार्यक्रमको खाँचो रहेको बताउदै प्रत्येक वडाले एउटा सम्पदा निर्माण कार्यलाई जोड दिदै आएको बताए । पाटीलाई पुरानै शैलीमा निर्माण गर्ने कोसिस गरेको बताउदै यो फल्चा करिव ३ सय वर्ष पुरानो रहेको बताए । उनले हाल उपभोक्ता समिति मार्फत सलाँ गणेश जिर्णद्वार सँगै पोखरीको वरपरको सौन्दर्यीकरण पनि सँगै अगाडि बढाइने जानकारी दिए।
    भक्तपुर नगरपालिकाका सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले वि. स. २०७२ सालको भुकम्पले क्षती भएको पाटी लामो समयको प्रयासपछि पाटी निर्माण सम्पन्न भएको बताए । सलाँ गणेश पोखरी उपभोक्ता समितिका अध्यक्ष श्यामकृष्ण लवजुले ५४ लाख रुपैयाँ लगत इस्टिमेतमा सला गणेश पोखरी जिर्णोद्वार भैरहेको र हालसम्म करिव ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।
    सलाँ गणेश मन्दिर पछाडिको पाटी उपभोक्ता समितिका कोषाध्यक्ष रत्ना चवालले पाटी निर्माणमा हालसम्म १९ लाख ६४ हजार ५१२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेकाे छ। कार्यक्रममा पुर्व वडा सदस्य एव सलाँ गणेश मन्दिर पछाडिको पाटी पुनः निर्माण समितिका अध्यक्ष जगतलाल मानन्धरले धन्यवाद व्यक्त गरेका थिए ।
Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...