भक्तपुर मालपोत कार्यालय प्रमुख आचार्य घुस सहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ३२ असार । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको छ । राउतको साथबाट २४ लाख ५० हजार रकम पनि बरामद गरेको छ ।
मोही तल्सिङको मुद्दा मिलाउन प्रमुखसहितलाई दिनुपर्ने भन्दै घुस लिएका राउतलाई कार्यालयबाटै मंगलबार रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
उदयपुरका आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुरका राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत बरामद गरिएको छ ।
उनीहरुले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी उक्त जग्गा मोहीको नाममा जग्गा धनी पुर्जा बनाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...