डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेला सुरू

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १ साउन । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा बिहीबारदेखि श्रावणी मेला शुरु भएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए ।

अध्यक्ष बस्नेतका अनुसार, श्रावणी मेलाको पहिलो दिन बिहिवार बिहान स्थानीय चन्द्रविनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दीरसम्म कलश यात्रा गरेर मेलाको शुभारम्भ गरेको छ । उक्त यात्राको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले शुभारम्भ गरेका छन् ।

डोलेश्वर मन्दिरमा ३८ दिनसम्म चल्ने मेला अवधिभर करिब तीन लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको छ । समितिका अनुसार, डोलेश्वरमा श्रावणी मेलाका अवसरमा खासगरी शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ । अन्य दिनमा समेत पाँच सयदेखि एक हजारको हाराहारीमा दर्शनार्थी आउँने गर्दछन् । मेलाबाट करिब एक करोड रुपैयाँ संकलन हुने अनुमान गरेको समितिले जनाएको छ । २०६६ साल भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरेको दिनको अवसरमा भदौ ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने छ । मेलाको समापन सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापाबाट गर्ने कार्यक्रम तय भएको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए ।

मेलालाई थप प्रभावकारी बनाउँन प्रत्येक सोमबार र शनिबार विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा कलाकारद्धारा भजन कृतन तथा प्रस्तुती गरिने भएको छ । डोलेश्वर मन्दीरलाई केदारनाथको शिर घोषणा गरिएको अवसरमा सर्वसाधारणले भदौ ६ गते मन्दिरको गर्भगृहसम्मै पुगेर पुजा गर्न पाउँने व्यवस्था मिलाइएको छ ।
मेला अवधिमा पाँच दर्जनबढी स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य शिविर पनि आयोजना गरिने जनाइएको छ। सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले मेलालाई व्यवस्थित र सुरक्षित बनाउन सिसीटिभीसमेत जडान गरिएको बस्नेतले बताए ।

केदारनाथको शिर डोलेश्वर महादेव जिल्ला र देशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको बताउँदै  वडाअध्यक्ष बस्नेतले पछिल्लो समय डोलेश्वरमा हजारौंको संख्यामा भारतीय धार्मिक पर्यटकको उपस्थिति हुने गरेको जानकारी दिए । यसैबीच श्रावण शुरु भएसंगै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा साउनको शुभारम्भसंगै दर्शनार्थीको चहलपहल बढ्न थालेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...