हेरिटेज नेपाल न्यूज

४० केजी गाँजा सहित ५ पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २७ असार । काठमाडौंको कोटेश्वरबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन्। बिहीबार कोटेश्वरको पाल्पाकोटमा रहेको एक घरबाट प्रहरीले ४० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उक्त घरमा बस्ने धादिङका सुमन चेपाङको डेराबाट प्रहरीले उक्त गाँजा बरामद भएको हो। उनीसँगै अन्य चार जना पनि पक्राउ परेका छन्। उनीहरू सबै जना धादिङकै हुन्। १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, ३६ वर्षीय जीवन प्रजा र सुमन चेपाङ अहिले हिरासतमा छन्। उनीहरूबाट प्रहरीले एक लाख २५ हजार रुपैयाँ, तीन वटा मोबाइल र दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ । कोटेश्वरमा गाँजाको किनबेच भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
सूचनाको आधारमा परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली खटिएको थियो। उक्त टोलीले पाँचै जनालाई डेरामा फेला पारी पक्राउ गरेको हो । एसपी बोहराका अनुसार सुमनले उक्त गाँजा धादिङबाट ल्याएका थिए। ‘गाँजा उनले धादिङबाट सार्वजनिक सवारीसाधनमा राखेर ल्याएका थिए। कोटेश्वरमा उनीहरूले किनबेच गरिरहेकै बेलामा प्रहरी पुगेर पक्राउ गरेको हो,’ बोहराले भने । उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्‍याद प्रहरीले पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...