४० केजी गाँजा सहित ५ पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २७ असार । काठमाडौंको कोटेश्वरबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन्। बिहीबार कोटेश्वरको पाल्पाकोटमा रहेको एक घरबाट प्रहरीले ४० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उक्त घरमा बस्ने धादिङका सुमन चेपाङको डेराबाट प्रहरीले उक्त गाँजा बरामद भएको हो। उनीसँगै अन्य चार जना पनि पक्राउ परेका छन्। उनीहरू सबै जना धादिङकै हुन्। १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, ३६ वर्षीय जीवन प्रजा र सुमन चेपाङ अहिले हिरासतमा छन्। उनीहरूबाट प्रहरीले एक लाख २५ हजार रुपैयाँ, तीन वटा मोबाइल र दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ । कोटेश्वरमा गाँजाको किनबेच भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
सूचनाको आधारमा परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली खटिएको थियो। उक्त टोलीले पाँचै जनालाई डेरामा फेला पारी पक्राउ गरेको हो । एसपी बोहराका अनुसार सुमनले उक्त गाँजा धादिङबाट ल्याएका थिए। ‘गाँजा उनले धादिङबाट सार्वजनिक सवारीसाधनमा राखेर ल्याएका थिए। कोटेश्वरमा उनीहरूले किनबेच गरिरहेकै बेलामा प्रहरी पुगेर पक्राउ गरेको हो,’ बोहराले भने । उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्‍याद प्रहरीले पाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...