बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चरिकोटमा सुरू

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दोलखा सदरमुकाम चरिकोटमा शनिबारबाट सुरु भएको छ । प्रतियोगितामा प्रदेशका १३ जिल्लाका विद्यालयस्तरका खेलाडी सहभागी छन् ।

काठमाडौंमा जेठ अन्तिमबाट हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागमती प्रदेशबाट सहभागिता जनाउने महिला पुरुष खेलाडी छनौटका लागि प्रतियोगिता पहिलो पटक हिमाली जिल्ला दोलखामा आयोजना भएको हो । बागमती प्रदेश खेलकुद परिषद्को आयोजना र दोलखा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरेर करिब २ हजार जनाको सहभागिता रहेको दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आशीष घिसिङले बताए । उनका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो र उसुमा गरी ६ वटा विधामा खेल हुनेछ ।

पहिलो दिन एक सय मिटर पुरुष र महिलातर्फको छनौट सकिएको छ । प्रतियोगिताअर्न्तगत एथ्लेटिक्स १३ वटा इभेन्ट भीमेश्वर रंगशालामा संचालन हुनेछन् । यस्तै भलिबल भीमेश्वर कर्भड हल, तेक्वान्दो, गौरीशंकर क्याम्पसको हल, कराँते व्याडमिन्टनको कर्भड हल र कबड्डी फुटसल सेन्टरमा भइरहेको उनले बताए । उसुका खेलहरु भने काठमाडौंको त्रिपुरेश्वरस्थित मिनि कर्भड हलमा संचालन गरिएको छ । पहिलो दिन प्रतियोगिताको पहिलो चरणका खेलहरु सकिएका छन् । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आइतबार बागमती प्रदेश सभाको बैठक आव्हान

काठमाडौं, ४ चैत । बागमती प्रदेश सभाको बैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे...

भक्तपुर नगरभित्र सञ्चालित विद्यालय पूर्ववत् रूपमै सञ्चालन हुने

भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर...

शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक...

सुजन बाग श्रेष्ठले चौथो पल्ट जिब्रो छेडाए

भक्तपुर, २ वैशाख । मध्यपुर थिमि नगरपालिका-८ बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेड्ने...