हेरिटेज नेपाल न्यूज

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चरिकोटमा सुरू

Date:

Share post:

काठमाडौं । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दोलखा सदरमुकाम चरिकोटमा शनिबारबाट सुरु भएको छ । प्रतियोगितामा प्रदेशका १३ जिल्लाका विद्यालयस्तरका खेलाडी सहभागी छन् ।

काठमाडौंमा जेठ अन्तिमबाट हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागमती प्रदेशबाट सहभागिता जनाउने महिला पुरुष खेलाडी छनौटका लागि प्रतियोगिता पहिलो पटक हिमाली जिल्ला दोलखामा आयोजना भएको हो । बागमती प्रदेश खेलकुद परिषद्को आयोजना र दोलखा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरेर करिब २ हजार जनाको सहभागिता रहेको दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आशीष घिसिङले बताए । उनका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो र उसुमा गरी ६ वटा विधामा खेल हुनेछ ।

पहिलो दिन एक सय मिटर पुरुष र महिलातर्फको छनौट सकिएको छ । प्रतियोगिताअर्न्तगत एथ्लेटिक्स १३ वटा इभेन्ट भीमेश्वर रंगशालामा संचालन हुनेछन् । यस्तै भलिबल भीमेश्वर कर्भड हल, तेक्वान्दो, गौरीशंकर क्याम्पसको हल, कराँते व्याडमिन्टनको कर्भड हल र कबड्डी फुटसल सेन्टरमा भइरहेको उनले बताए । उसुका खेलहरु भने काठमाडौंको त्रिपुरेश्वरस्थित मिनि कर्भड हलमा संचालन गरिएको छ । पहिलो दिन प्रतियोगिताको पहिलो चरणका खेलहरु सकिएका छन् । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...