रोशनी शाहीको कोठाबाट सुसाइड नोट फेला

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १२ जेठ । भक्तपुरमा मृत फेला परेकी रोशनी शाहीको कोठाबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ। भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोट बृहस्पति मार्गमा तीन तले घरमा कोठामा बस्दै आएकी ५० वर्षीया शाही आइतबार मृत फेला परेकी थिइन्।

आइतबार दिउँसो पौने २ बजेतिर उनी कोठाभित्र मृत फेला परेकी हुन्। भित्रबाट चुकुल लगाएर घोप्टो परेको अवस्थामा मृत भेटिएकी थिइन्। विगत साढे दुई वर्षदेखि रोशनी श्रीमानसहित  वृहस्पति मार्गको उक्त घरमा भाडामा बस्दै आएकी थिइन्।

आइतबार भने उनका श्रीमान विराटनगरमा थिए। ‘सुसाइड नोट फेला परेको छ। कापीमा लेख्नुभएको भन्ने छ। यसबारे अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले भने। शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।  उनले औषधि सेवन गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि प्रहरीले मृत्युको यकिन कारण पोष्टमर्टमपछि खुल्ने बताएको छ। ‘छोराछोरीलाई केही गर्न नसकेको लगायतका कुराहरू उल्लेख छन्। उहाँले कसैलाई दोष लगाएको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने। घटना भएको खबरपछि श्रीमान आइतबार नै विराटनगरबाट फर्किएका थिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...