सुनचाँदी जस्तो देखिने धातु र २९ लाख रूपैयाँ सहित एक युवा पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १० जेठ । सुन र चाँदी जस्तो देखिने धातु तथा झन्डै २९ लाख रूपैयाँ नगदसहित प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर सेती ओपी मार्गबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

उनका अनुसार प्रहरीले शुक्रबार अपराह्न सुनको अवैध कारोबार भइरहेको भन्ने सूचना पाएको थियो। उक्त सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले योगेश श्रीमन्त मगरलाई पक्राउ गरेको हो। पक्राउ परेका योगेशको घर भारत महाराष्ट्र सोलापुर हो। कोटेश्वरमा बसी श्रीराम ज्वेलर्स सञ्चालन गर्दै आएका २७ वर्षीय योगेशबाट प्रहरीले ७३४.२९ ग्राम सुन जस्तो देखिने धातु र साढे नौ किलो चाँदी जस्तो देखिने धातु बरामद गरेको हो।
बरामद भएका धातु परीक्षण गर्न बाँकी छ। योगेशबाट प्रहरीले २८ लाख ९३ हजार रूपैयाँ नगद पनि बरामद गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...