हेरिटेज नेपाल न्यूज

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

Date:

Share post:

काठमाडौं, २ जेठ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो ।

पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा बोलाउनेगरी कानुन व्यवसायीको जिम्मा लगाउने गरी मिश्रलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । त्यसअघि बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नको कारण देखाउ र बन्दी उपस्थित गराउने आदेश गरेको थियो ।

गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक मंगलबार थप ५ दिन म्याद थप गरिएको थियो । राजावादीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको जनाएको छ ।

मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी सारिका कार्कीले वैशाख ३० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको नक्कली छानबिन आयोग अस्वीकार्य: ओली

भक्तपुर, २३ असोज । नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा बनाएकोे...

यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने

भक्तपुर , २३ असोज । भक्तपुर नगरपालिकामा आयोजित बैठकले यस वर्षको तिहार (स्वन्ती) पर्वको मिति तय गरेको छ।...

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...