हेरिटेज नेपाल न्यूज

गृहमन्त्रीको साथी भन्दै धाक, धम्की दिने व्यक्ति पक्राउ

Date:

Share post:

काठमाडौं, २८ वैशाख । गृहमन्त्रीको साथी भएको भनी विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरुलाई टेलीफोन मार्फत गाली गलौच तथा डरत्रास धाक, धम्की दिई दैनिक काम काजमा समेत बाधा अवरोध गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-३ का ५० वर्षीय राजकुमार श्रेष्ठ छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार बेलुका बनेपा तीनदोबाटोबाट श्रेष्ठलाई पक्राउ गरेको हो । उनी विरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद २ को दफा ८५ बमोजिम राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाईएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Nepal Oil Neegam

सम्बन्धित लेखहरू

जेन-जी आन्दोलनको क्रममा भदौ २४ जलाइएको प्रहरी वृत्त बानेश्वरको सेवा पुन:सुरू

काठमाडौं, २९ मंसिर । प्रहरी वृत्त नयाँ बानेश्वरले तीनकुनेमा रहेको आफ्नै कार्यालयबाट सेवा सुरु गरेको छ । भदौ...

राष्ट्रिय परिचय पत्र विभागका दुई जना कर्मचारी पक्राउ

काठमाडौं, २९ मंसिर । विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेकोपरिपत् छ। सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी...

कारागारबाट फरार भई चोरीमा संलग्नको आरोपमा पक्राउ

काठमाडौं, २८ मंसिर । जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ...

स्रष्टालाई बालवाङ्मय सम्मान

काठमाडौं, २७ मंसिर । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले आफ्नो १३औं स्थापना दिवसका अवसरमा कला क्षेत्रमा सिर्जनाका माध्यमबाट योगदान...