हेरिटेज नेपाल न्यूज

जनप्रतिनिधिलाई विपद् जोखिम न्यूनीकरण तालिम

Date:

Share post:

काठमाडौं, २८ वैशाख । पनौती नगरपालिकाका स्थानिय विपद व्यवस्थापन समितिका सदस्यलाई एक दिने विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन तालिमको आयोजना गरिएको छ । नगरपालिकामा विपद न्युुनिकरण गर्ने उदेश्यसहित ग्रुप फर टेक्निकल एसिस्टेन्स ललितपुरले सो तालिम कार्यक्रमको आयोजना गरेको हो ।

शुक्रवार पनौती नगरपालिकाको तालिम हलमा आयोजित तालिम कार्यक्रमको अध्यक्षता नगर प्रमुख रामशरण भण्डारीले गरेका थिए । पनौती नगरपालिकाका सबै वडाअध्यक्ष, पालिकाका बिभागीय प्रमुखको सहभागिता रहेको तालिममा प्रशिक्षक मधुसुदन थापाले प्रशिक्षण प्रदान गरेका थिए ।

तालिम अत्यन्त उपयोगी रहेको बताउँदै नगर प्रमुख भण्डारीले प्रशिक्षणमा सिकाइएका बिषय बस्तुहरु विपद जोखिमका बिषयहरुमा लक्षित रहेको बताए । तालिमका संयोजन एवं ग्रुप फर टेक्निकल एसिस्टेन्सका सचिव भोला नाथ चौधरीका अनुुसार, बाढी, पहिरो, भुकम्प, आगोलागी लागायतका विपदजन्य घटनाहरुबाट हुने जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बिषयवस्तुमा प्रशिक्षण केन्द्रित रहेको थियो । कार्यक्रममा नगरपालिकाको विपद जोखिम न्युनकिरण तथा व्यवस्थापन वारे तयार पारेको योजना माथि पनि छलफल गरिएको थियो । पानौति नगरपालिकाले कार्यक्रममा प्राप्त सुझाव सल्लाहलाई समेटेर विपद् व्यवस्थापनका क्षेत्रमा थप रणनीति तयार गर्ने  नगर प्रमुख भण्डारीले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...