जनप्रतिनिधिलाई विपद् जोखिम न्यूनीकरण तालिम

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २८ वैशाख । पनौती नगरपालिकाका स्थानिय विपद व्यवस्थापन समितिका सदस्यलाई एक दिने विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन तालिमको आयोजना गरिएको छ । नगरपालिकामा विपद न्युुनिकरण गर्ने उदेश्यसहित ग्रुप फर टेक्निकल एसिस्टेन्स ललितपुरले सो तालिम कार्यक्रमको आयोजना गरेको हो ।

शुक्रवार पनौती नगरपालिकाको तालिम हलमा आयोजित तालिम कार्यक्रमको अध्यक्षता नगर प्रमुख रामशरण भण्डारीले गरेका थिए । पनौती नगरपालिकाका सबै वडाअध्यक्ष, पालिकाका बिभागीय प्रमुखको सहभागिता रहेको तालिममा प्रशिक्षक मधुसुदन थापाले प्रशिक्षण प्रदान गरेका थिए ।

तालिम अत्यन्त उपयोगी रहेको बताउँदै नगर प्रमुख भण्डारीले प्रशिक्षणमा सिकाइएका बिषय बस्तुहरु विपद जोखिमका बिषयहरुमा लक्षित रहेको बताए । तालिमका संयोजन एवं ग्रुप फर टेक्निकल एसिस्टेन्सका सचिव भोला नाथ चौधरीका अनुुसार, बाढी, पहिरो, भुकम्प, आगोलागी लागायतका विपदजन्य घटनाहरुबाट हुने जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बिषयवस्तुमा प्रशिक्षण केन्द्रित रहेको थियो । कार्यक्रममा नगरपालिकाको विपद जोखिम न्युनकिरण तथा व्यवस्थापन वारे तयार पारेको योजना माथि पनि छलफल गरिएको थियो । पानौति नगरपालिकाले कार्यक्रममा प्राप्त सुझाव सल्लाहलाई समेटेर विपद् व्यवस्थापनका क्षेत्रमा थप रणनीति तयार गर्ने  नगर प्रमुख भण्डारीले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...