न्याकी देगः पुनःनिर्माण सुरु

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २७ वैशाख । भक्तपुर नगरपालिका-८ महेश्वरी पीठस्थित न्याकी देग मन्दिर पुनः निर्माणको थालनी भएको छ । मन्दिरको शिलान्यास गर्दै भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले सम्पदा पुनः निर्माण गर्दा परम्परागत शैलीमा नै निर्माण गर्न विशेष ध्यान दिनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिका वडा नं. ८ को महेश्वरी पीठस्थित न्याकी देग नारायण मन्दिर पुनः निर्माणको शिलान्यास कार्यक्रममा प्रमुख प्रजापतिले उक्त विचार राखेका हुन् ।

नगर प्रमुख प्रजापतिले सम्पदा पुनः निर्माण गर्दा पुरानो शैली र पुरानो स्थानमा, परम्परागत स्रोत साधन र सामाग्रीहरुको प्रयोग गरी निर्माण गर्नुपर्ने बताए । “सम्पदा पुनः निर्माण गर्दा नयाँ स्थान र फरक शैलीमा बनाउने हो भने त्यसलाई पुनः निर्माण भन्न नमिल्ने, यसलाई नयाँ बनाएको भन्नुपर्छ ।” नगर प्रमुख  प्रजापतिले भने  ।
भाज्या पुखु पुनःनिर्माणको प्रसंग जोड्दै प्रमुख प्रजापतिले सम्पदा पुनः निर्माण गर्दा अध्ययन, अनुसन्धान र विज्ञहरुसँग छलफल गर्नुपर्नेमा जोड दिए ।
भक्तपुर नगरपालिकाले विदेशीको सहयोग विना १९० वटा सम्पदाहरु पुनः निर्माण सम्पन्न गरिसकेको बताउँदै उहाँले सम्पदा पुनःनिर्माणमा सहयोग संकलन भए जनताको अपनत्व बढ्ने बताए ।

भक्तपुर नगरपालिका सम्पदा विभाग प्रमुख रामगोविन्द श्रेष्ठले वि.स. १९९० सालको भुकम्पले भत्केको भनिएको न्याकी द्योग नारायण मन्दिर पुनः निर्माणका लागि ८ वडाका जनाप्रतिनिधिहरुले नियमित ताकेता गर्दै आएको बताए।
उक्त ठाउँमा मन्दिर रहेको भन्ने प्रमाणको रुपमा स्थानीय बुढापाकाहरुको कुराकानी, मन्दिरको गजूर, मन्दिर रहेको भनिएको स्थानमा भेटिएको जग र मन्दिरभित्रको देवताको मूर्तिको आधारमा पुनः निर्माणका लागि मन्दिरको नक्सा तयार गरेको उनले जानकारी दिए ।
वडा अध्यक्ष कृष्णप्रसाद कोजुको सभापतित्वमा भएको शिल्यान्यास कार्यक्रममा पुर्व वडा अध्यक्ष महेन्द्र खायमली, नारायण मन्दिर पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णसागर वासी, वडासदस्य सुमित्रा वोहजु र रामसुन्दर वासीको उपस्थिति रहैको थियो ।

 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...